2026-09-01 02:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडा–भरतपुर प्रसारण लाइनको ठेक्का तोडियो

जेठ १३, काठमाडौँ | निर्माण व्यवसायीको लापरवाहीका कारण हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत  हेटौँडा–भरतपुर खण्डको ठेक्का तोडिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको सो प्रसारण लाइनको काम  सन्तोषजनक नभएको पाइएपछि ठेकेदार कम्पनी ‘आइकम टेल इण्डिया’सँगको ठेक्का तोडिएको हो । कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ । यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करीब १६ लाख डलर विलम्ब जरिवाना लगाउने निर्णय गरेको छ ।  

प्राधिकरणले यसअघि आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट खण्डको ‘सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)’सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरीद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजीलाई कालोसूचीमा राख्ने निर्णय गरिसकेको छ । ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, विश्व बैंकका नेपालस्थित प्रतिनिधिसहितको टोलीले आइतबार र आज मकवानपुरको हेटौँडामा रहेको आयोजना निर्माणस्थलको निरीक्षण गरेको छ ।

कार्यकारी निर्देशक घिसिङले कम्पनीले निर्माण ठप्प पारी ठेक्का सम्झौताको उल्लङ्घन गरेकाले ठेक्का तोडिएको जानकारी दिनुभयो । “कार्यस्थलमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक–पटक निर्देशन दियौँ, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, पत्राचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लङ्घन गरेकाले ठेक्का तोडिएको हो”, उहाँले भन्नुभयो, “नयाँ ठेक्कापट्टाको प्रक्रिया अन्तिम चरणमा छ, छिट्टै बोलपत्र आह्वान गछौँ ।”  

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौँडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि विसं २०६५  फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । सो खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ ।

कूल १२ किलोमिटर क्षेत्रमा मात्रै तार तानिएको छ । आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट प्रसारण निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी ‘हेङटन अप्टिक्स इलेक्ट्रिक’सँग विसं २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । उक्त खण्डमा पर्ने २४६ टावरमध्ये १३७ को जग हालिएको छ भने १०१ खडा गरिएको छ । तार भने तानिएको छैन । निर्माण विसं २०७६ माघभित्र सक्ने लक्ष्य छ ।  

कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिनुभयो । प्राधिकरणका तर्फबाट गर्नुपर्ने रुख कटान र निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले महत्वपूर्ण आयोजनाको कामलाई तीव्रता दिने गरी श्रमिकको सङ्ख्या थप्न आग्रह गर्नुभयो । नेपालभित्रको प्रसारण लाइन सुदृढ र विश्वसनीय बनाउन तथा पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो ।

नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजनाको निर्माण भइरहेको छ । कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकको टोलीले हेटाँैडामा निर्माणाधीन सव–स्टेसनको निर्माण प्रगतिबारे जानकारी लिएको थियो ।

हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा, भरतपुर र बर्दघाटमा १३२ केभी क्षमताका सव–स्टेसन निर्माण भइरहेको छ । हेटौडा–ढल्केवर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडामा २२० तथा ४०० केभी क्षमताका सव–स्टेसन पनि निर्माण भइरहेको छ । प्रसारण लाइन र सव–स्टेसन निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम विद्युत् प्रवाह सहज हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला