२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हेटौँडामा थप स्वास्थ्य केन्द्र बन्दै

२०७६, २६ जेष्ठ आईतवार ०७:१४


जेठ २६ काठमाडौँ |हेटौँडा उपमहानगरपालिकाले नगरका सबै क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन थप छ वटा शहरी स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा र स्वास्थ्य पहिलो प्राथमिकता भएकाले यसलाई विशेष जोड दिँदै स्वास्थ्य केन्द्र निर्माण गर्न लागेको हो ।

उपमहानगरले नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले हाल सञ्चालन भइरहेका स्वास्थ्य संस्थालाई पनि थप सुविधा सम्पन्न बनाउने र नगरका विभिन्न वडामा छ वटा नयाँ स्वास्थ्य केन्द्र थप्ने निर्णय गरेको जनाएको छ । 

विगतमा हेटौँडा शिक्षा र स्वास्थ्यमा पछाडि परेकामा हाल शिक्षा क्षेत्रमा निकै नै प्रगति गरेपनि स्वास्थ्य क्षेत्र कमजोर रहेकाले यसतर्फ उपमहानगर लागेको बताउनहुन्छ प्रमुख हरिबहादुर महत । उपचार नपाएर कोही कसैले पनि मृत्युको मुखमा पुग्न नपरोस् भन्ने उदेस्यले थप छ वटा शहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको प्रमुख महतले बताउनुभयो । 

गतवर्ष हेटौंडाको हटियामा चिकित्सकसहितको शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । यसवर्ष हेटौंडाको वडा नं १, ४, ५, १२, १६ र १८ मा शहरी स्वस्थ्य केन्द्र स्थापना हुने उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी