२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

संयोजक नआउदा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावित

२०७६, २६ जेष्ठ आईतवार ०७:३१


जेठ २६ तनहुँ | (रासस )प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत तनहुँको व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । 

सरकारले रोजगार सेवा केन्द्रका प्रमुख नतोकिदा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन नसकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुरु गरेको सो कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले रोजगार सेवा केन्द्रका प्रमुख तोकिनुपर्ने व्यवस्था छ । केन्द्र प्रमुख नतोकिदिँदा व्यास नगरपालिकामा बेरोजगार युवाको तथ्याङ्क सङ्कलन हुन सकेको छैन । जिल्लाका अन्य स्थानीय तहमा रोजगार सेवा केन्द्रले बेरोजगार युवाको तथ्याङ्क वडा–वडाबाटै सङ्कलन गरिसकेको भए पनि व्यास नगरपालिकामा भने तथ्याङ्क सङ्कलन हुन नसकेको नगरपालिकाका सूचना अधिकारी गोकर्ण वाग्लेले जानकारी दिनुभयो । वाग्लेका अनुसार मन्त्रालयले रोजगार सेवा केन्द्र प्रमुख नपठाइ दिएकाले तथ्याङ्क सङ्कलनको कार्यलाई अगाडि बढाउन सकिएको छैन ।

सूचना अधिकारी वाग्लेले भन्नुभयो, “यसबारेमा मन्त्रालयलाई जानकारी गराइसकेका छौँ, छिटो मान्छे पठाइदिए कामलाई तीव्रता दिन सजिलो हुन्थ्यो ।” तथ्याङ्क सङ्कलनपछि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा बेरोजगारलाई खटाउने तयारी गरिएपनि तथ्याङ्क सङ्कलनको काम नै शुरु नहुँदा चालू आर्थिक वर्षमा प्राप्त बजेट नै फ्रिज हुने हो की भन्ने आशंका उत्पन्न भएको वाग्लेले बताउनुभयो । 

चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत नगरपालिकामा रु पाँच लाख ७५ हजार बजेट प्राप्त भएको छ । बजेट फ्रिज हुने सम्भावना भएपछि नगर कार्यपालिकाकाको केही दिन अघि बसेको बैठकले वडा सचिवमार्फत नै तथ्याङ्क सङ्कलनको कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।

व्यास नगरपालिका–५ का वडाध्यक्ष एवं नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले रोजगार संयोजक नियुक्ति नहुँदा काममा देखिएको ढिलाइले यहाँका युवा प्रभावित भएको उल्लेख गर्दै सो कार्यक्रममा सहभागी हुनका लागि प्रायः सधैँ नै युवा वडा कार्यालयमा आउने गरेको जानकारी दिनुभयो । 

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव डा लोकनाथ भुषालले व्यास नगरपालिकामा नियुक्त भएको रोजगार संयोजकले राजिनामा दिएका कारण केही ढिलाइ हुन गएको बताउँदै वैकल्पिकमा रहनुभएका सुजिता थापालाई रोजगार संयोजकको रुपमा खटाइसकिएको जानकारी दिनुभयो ।

मन्त्रालयले जेठ २० गते थापालाई सम्झौता गरी व्यास नगरपालिकामा खटाइसकेकाले एक÷दुई दिनभित्रै हाजिरी भएर उहाँले काम शुरु गर्ने डा भुषालले जानकारीदिनुभयो ।

भिमादमा दुई योजना छनौट

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाका लागि तनहुँको भिमाद नगरपालिकाले योजना छनौट गरेको छ । नगरपालिकाले बेरोजगारलाई काममा खटाउन दुई वटा योजना छनौट गरेको हो ।

रोजगार सेवा केन्द्र प्रमुख विवेचन घिमिरेले बेरोजगारलाई काममा खटाउन खेल मैदानको बाटो र सिद्धगुफाको बाटो निर्माणलाई छनौट गरिएको जानकारी दिनुभयो । सो कार्यक्रमका लागि नगरपालिकालाई रु १८ लाख बजेट प्राप्त भएको छ । 

उहाँका अनुसार नगरपालिकामा न्यूनतम रोजगारीमा संलग्न हुनका लागि ७७८ जनाले निवेदन दिएका छन् । वडा नं १ मा १३९, २ मा ६६, ३ मा ४४, ४ मा ४७, ५ मा २०७, ६ मा १४, ७ मा ९७, ८ मा ५४ र ९ मा १०० जनाको निवेदन परेको छ । 

रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि १०० दिन पनि रोजगारमा संलग्न नभएको वा कम्तीमा त्यस अनुरुपको आयआर्जन गर्न नसक्ने १८ वर्षदेखि ५९ वर्षसम्म उमेर समूहकाले फारम भरेका थिए । लाभग्राहीको परिचयपत्र पाएका तर न्यूनतम काम पाएका व्यक्तिहरुलाई जीवन निर्वाह भत्ता सरकारले उपलब्ध गराउनेछ ।

परिवारको कुनै एक सदस्यले न्यूनतम रोजगारी नपाएमा भत्ता दावी गर्न सक्नेछन् । त्यस्ता बेरोजगारलाई न्यूनतम १०० दिनको प्राप्त हुन आउने पारिश्रमिक वापतको पचास प्रतिशत रकम उपलब्ध गराउने सरकारको योजना छ । परिवारको कुनै एक सदस्य वैदेशिक रोजगारीमा भएको खण्डमा भने निर्वाह भत्ता दावी गर्न पाइने छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी