६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आलु खेतीबाट आम्दानी

२७ जेष्ठ २०७६, सोमबार १०:३०


जेठ २७, डडेल्धुरा |बेमौसमी आलु खेतीबाट डडेल्धुराका किसानले राम्रो आम्दानी गर्ने गरेका छन् । अमरगढी नगरपालिकाको ११ मध्ये वडा नं १, २, ३, ६, ७, ८ र १० मा किसानले व्यावसायिक रुपमा आलुखेती गर्ने गरेका छन् । 

जिल्लाको उत्पादनशील विभिन्न स्थानमा आलुखेती वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताउनुभयो । अमरगढी नगरपालिकाका साथै अन्य गाउँपालिका, भागेश्वर, अजयमेरु र गन्यापधुराका किसान पनि आलुखेतीतिर आकर्षित भएको ज्ञान केन्द्रले जनाएको छ ।जिल्लाको अमरगढी नगरपालिका–१ तडिवाटा, ६ दमडा र वडा नं ७ पोखराका किसानले तीनमहीने ‘कार्डिनल’ जातको आलु लगाएर राम्रो आम्दानी गर्न सफल भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अन्न बालीका लागि ६ महीना पर्खनुपर्ने बाध्यता भएको तर आलु एक वर्षमा तीन पटक लगाउँदा अपेक्षाभन्दा बढी आम्दानी हुने अमरगढी–७ का किसान वसन्तीदेवी भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “आलुखेती गरेर आम्दानी मात्र गरेका छैनौँ किसान समूहमा बचत पनि गरेका छौँ ।”

“बढी फाइदा आलु खेतीमा रहेछ, अन्नबाली लगाएर जोगाउन कठिन पनि हुने परिश्रम पनि बढी लाग्ने भएकाले आलुखेतीमा लागेका हौं”, किसान प्रिया कठायतलेभन्नुभयो । मूल बीउ रोप्ने अमरगढी–७ पोखरा आसपासका २४० घरधुरीका किसानले सोचे जस्तै उपलब्धि हासिल गरिरहेको उहाँको भनाइ थियो । जिल्लाका किसानले यो मौसममा पनि मकै लगाउन छोडेर तरकारी नै लगाउने गरेको पाइएको छ । आलु, काउली, गोलभेँडालगायत व्यावसायिक तरकारी खेतीमा पुरुषको तुलनामा महिलाको सक्रियता बढी छ । यो खेतीमा धेरै समय महिलाले दिन्छन् । कतिपय महिला किसान आफ्नो व्यक्तिगत खर्चका लागि श्रीमान् तथा अन्य परिवारको भर पर्नुपर्ने बाध्यताबाट मुक्त भएको वसन्तीदेवी भण्डारीको अनुभव छ । अमरगढी नगरपालिकामा मात्र शरदकालीन, हिँउदे र बर्खे बालीका रुपमा आलुखेती गरिन्छ । त्यसबाट प्रत्यक्ष रुपमा मौसमी रु ५० लाख किसानले आम्दान गर्ने गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या