Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पालुङटार नगरपालिकाले ३ सय ९७ बेरोजगारलाई रोजगारी दिने, दैनिक ज्याला ७ सय

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

मनोज पराजुली, जेठ २७, गोरखा । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालुङटार नगरपालिकाले ३ सय ९७ जना बेरोजगारलाई रोजगारी दिने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ सय ८१ जनाको लागि ३० दिनको रोजगारी दिन केन्द्रबाट बजेट पठाए पनि नगरपालिकाले भने काम गर्ने दिन घटाएर रोजगारी दिन लागेको हो ।

३ सय ९७ जनालाई १० दिनका लागि रोजगारी दिन लागिएको नगरपालिकाका रोजगार संयोजक बिबेक कुमार पण्डितले जानकारी दिए। समय अभावका कारण देखाउंदै नगरपालिकाले ३० दिनको समय घटाएर १० दिन कायम गरि बेरोजगारको संस्ख्या थप गरिएको पण्डितले बताए । सबै वडा कार्यालयलाई आगामी शुक्रबारसम्म योजना छनौट गरि पठाउन निर्देशन दिएकोले अर्को हप्ताबाट बेरोजगारलाई रोजगारी दिन शुरु गरिने उनले बताए ।

नगरपालिका भित्रका २३ सय ३३ जना बेरोजगारले रोजगारीका लागि रोजगार सेवा केन्द्रमा मार्फत आबेदन दिएका थिए । आवेदन दिएका मध्ये वडा अनुसार बेरोजगारहरुको छनौट गरिएको संयोजक पण्डितले बताए ।  रोजगारी गरे वापत ज्याला दैनिक रु. ७ सय दररेट तोकिएको नगरपालिकाले जनाएको छ ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष (२०७५/०७६) मा १ लाखभन्दा बढीलाई रोजगारी दिने लक्ष्य राखेको छ। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने घोषणा गरेको थियो तर श्रम मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ७ सय ५३ स्थानीय तहलाई परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन पत्र काटेको थियो । यो कार्यक्रमका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा केन्द्र सरकारले पठाएको थियो ।

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिलाई न्यूनतम एक सय दिनसम्मको रोजगारी दिने र वर्षभरि परिवारको कुनै पनि सदस्यले सय दिन बराबरको रोजगार नपाए उक्त अवधिमा पाउने पारिश्रमिकको ५० प्रतिशत बराबर निर्वाह भत्ता दिने घोषणा कार्यान्वयन गराउँदै छ ।