२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

धनगढी विमानस्थालबाट हवाईसेवा पुनः सञ्चालन

२०७६, २९ जेष्ठ बुधबार १४:१२

जेठ २९, कैलाली |  धावनमार्गको मर्मत सम्भारपछि धनगढी विमानस्थालमा आजबाट जहाजको उडान र अवतरण पुनः शुरु भएको छ । 

धावनमार्गको स्तरोन्नति र पार्किङक्षेत्र विस्तारको कामको लागि गएको वैशाख २२ गतेबाट यो विमानस्थलमा जहाजको उडान र अवतरण बन्द गरिएको थियो ।

विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले विमानस्थलको एक हजार ८०० मिटर धावनमार्गमध्ये नौ सय मिटर धावनमार्ग स्तरोन्नतिको काम पूरा भएको बताउनुभयो । बाँकी नौ सय मिटर धावनमार्गको स्तरोन्नतिको काम असार १ गतेदेखि रातिको समयमा गर्ने तयारी गरिएको छ । 

“जेठ २९ देखि ३२ गतेसम्म बिहानदेखि बेलुकासम्म जहाजको उडान र अवतरण गर्न दिइने छ”, बुढथापाले भन्नुभयो, “असार १ गतेबाट भने बिहान ८:३० देखि बेलुका ४ बजेसम्म उडान र अवतरण गर्न दिई रातिको समयमा मर्मत सम्भारको काम जारी रहने छ ।” विमानस्थलमा पार्किङ क्षेत्रको विस्तार एवं स्तरोन्नतिको काम पनि थालिएको छ । 

पार्किङ क्षेत्रमा दुई वटा जहाज एकैसाथ अड्याउने व्यवस्था रहेकोमा एकैसाथ चार वटा पार्किङ गर्न सकिने गरी विस्तारकार्य थालिएको हो । लामो धावनमार्गका दृष्टिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछिको दोस्रो ठूलो धनगढी विमानस्थल हो । 

सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ— धनगढी—काठमाडौँसम्मको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थल हो ।

झण्डै रु १८ करोडको लागतमा विमानस्थलको धावनमार्ग र पार्किङक्षेत्र निर्माण एवं स्तरोन्नति गर्न विभिन्न तीन निर्माण कम्पनीसँग निर्माणको सम्झौता भएको थियो । यो विमानस्थलबाट हप्तामा तीन दिन नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँ—धनगढी—काठमाडौँसम्मको हवाईसेवा उपलब्ध गराइरहेको छ । 

यस्तै निजी क्षेत्रको बुद्ध र श्री एअरलायन्सले काठमाडौँ—धनगढी—काठमाडौँका लागि दैनिक चार उडान गर्दै आएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो