२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

माडी–भरपतपुर सडक खुल्यो, ठोरी सडक अझै खुल्न सकेन

२०७६, ७ असार शनिबार १५:१५

असार ७, चितवन | अविरल वर्षाका कारण बिहानैदेखि अवरुद्ध चितवनको भरतपुर–माडी सडक सञ्चालनमा आए पनि माडीदेखि पर्साको ठोरी जोड्ने सडक भने अझै खुल्न सकेको छैन ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाका अनुसार ठोरीबाट भरतपुरका लागि छुटेका यातयातका साधन बगई खोला तर्न नसके पनि ठोरीतर्फ फर्काइएको छ । बाढीका कारण सडक बिग्रिएकाले ठोरी–माडी सडक कहिले सञ्चालन हुन्छ भन्ने यकिन नभएको उहाँले जानकारी दिनुभयो ।

बाढीले माडी वडा नं १ को चैनपुर र लक्ष्मुनिया जोड्ने दौजर खोलामा निर्माणाधीन पुलमा क्षति पुगेको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ढलान गर्न तयार गरिएको ट्रस बाढीले भत्काएको उहाँको भनाइ छ । पुल जनश्रमदानसहित रु ६२ लाख ५० हजार लागतमा निर्माण गर्न लागिएको थियो ।

माडी नगरपालिका भएर बग्ने रिउ खोलामा पानीको बहाव उच्च रहेको प्रहरीले जनाएको छ । अझै सिमसिम पानी परिरहेको स्थानीयले बताएका छन् । रिउ नदी खतराको तहमा रहेकाले खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपाउन माडी नगरपालिकाले सर्वसाधारणलाई अनुरोध गरेको छ । दक्षिण चितवनको माडी वर्षेनी बाढीका कारण प्रभावित हुने गर्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी