७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रदेशको बजेट खर्च हुन सकेन

९ असार २०७६, सोमबार ०८:५७

असार ९, भरतपुर  | जिल्लामा प्रदेश सरकारबाट प्राप्त बजेट न्यून मात्र खर्च भएको छ । चालू आर्थिक वर्षको ११ महीना पूरा हुँदा पूँजीगत खर्च २६ दशमलव ३७ प्रतिशत मात्र भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरले दिएको जानकारीअनुसार जिल्लामा पूँजीगततर्फ रु एक अर्ब ८८ करोड २४ लाख आएकामा जेठ मसान्तसम्ममा रु ४९ करोड ६३ लाख ६८ हजार मात्र खर्च भएको हो । चालूतर्फ रु ४२ करोड दुई लाख ५७ हजार आएकामा रु २१ करोड ६४ लाख मात्र खर्च भएको छ ।

कार्यालयका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार पहिलो चौमासिकको उत्तरार्धमा बजेट आएको र संस्थागत संरचना एवं ठेक्का व्यवस्थापन ढिला भएकाले बजेट खर्च कम भएको हो । प्रदेशसभा सदस्य विजय सुवेदीले कार्यालय मङ्सिरमा खुलेका, ताकेता पु¥याउन नसकिएको र स्थानीय सरकारको चासो कम पुगेकाले बजेट खर्च हुन नसकेको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले प्रदेशसभा सदस्यलाई रु एक करोडका दरले विनियोजन गरिएको विकास बजेटबाहेक अन्य खर्च निकै कम भएको जानकारी दिनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारबीच तालमेलको कमीले पनि बजेट खर्चमा कमी आएको श्रेष्ठको ठम्याइ छ ।

प्रदेशतर्फ जेठ मसान्तसम्म रु ५० करोड छ लाख ३७ हजार राजस्व सङ्कलन भएको छ । यस्तै सङ्घीय बजेटमा पनि अपेक्षाकृत खर्च हुन सकेको छैन । अधिकारीका अनुसार जिल्लामा जेठ मसान्तसम्मको पूँजीगततर्फ कूल बजेट रु आठ अर्ब ७९ करोड ८८ लाख ७५ हजार विनियोजन भएको थियो । उक्त आँकडामा पूँजीगत रु चार अर्ब ३८ करोड ४१ लाख ८९ हजारमध्ये रु दुई अर्ब २८ करोड ५६ लाख ८५ हजार मात्र खर्च भएको छ । यो पूँजीगत खर्चको ५२ दशमलव १३ प्रतिशत हो । त्यस्तै चालूतर्फ रु सात अर्ब ७७ करोड ७० लाख ६७ हजार मध्ये ८८ दशमलव ३९ प्रतिशत खर्च भएको छ । सङ्घतर्फ जेठ मसान्तसम्म रु २८ अर्ब २३ करोड ५५ लाख १३ हजार राजस्व सङ्कलन भएको अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी