६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रत्ननगर नगरपालिकाको बजेट एक अर्ब

१० असार २०७६, मंगलवार १६:०४

असार १०, चितवन (रासस) | रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब पाँच करोड ३२ लाख बराबरको बजेट आज सार्वजनिक गरेको छ । पाँचौं नगरसभामा उपप्रमुख विमलादेवी दुवाडीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो । 

बजेटमा नेपाल सरकारबाट सशर्त अनुदान रु २८ करोड २० लाख, समानीकरण अनुदान रु १९ करोड १३ लाख, राजश्व बाँडफाँटमा रु ११ करोड ६९ लाख, प्रदेश सरकारको समानीकरण अनुदान रु एक करोड १० लाख, सशर्त अनुदान रु चार करोड ९६ लाख, राजश्व बाँडफाँटमा रु तीन करोड ३१ लाख र सामाजिक सुरक्षातर्फ रु २० करोड रहेको छ । 

यस्तै समपुरक अनुदान रु दुई करोड, विषेश अनुदान रु दुई करोड, सडक बोर्डको रु ८० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन गरिएको उपप्रमुख दुवाडीले जानकारी दिनुभयो । क्षेत्रगत रुपमा आर्थिक विकासतर्फ रु एक करोड २५ लाख, सामाजिक विकासतर्फ रु एक करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनतर्फ रु ३७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८७ लाख तथा पूर्वाधार विकासतर्फ रु आठ करोड ६७ लाख रहेको छ ।

सो अवसरमा नगरप्रमुख नारायण वनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने कार्यक्रम उल्लेख छ । नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहा चोकमा आकासे पुल तथा ‘एक वडा एक पुस्तकालय’ निर्माण गरिने बजेटमा उल्लेख छ । नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, पर्यटन सूचना केन्द्रको निर्माण र नगरप्रमुखसँग उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । 

नगरपालिकामा सम्भावनाको क्षेत्रका रूपमा रहेको कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिँदै अत्याधुनिक शीत भण्डार निर्माण र कृषि सूचना प्रणाली केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या