Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रत्ननगर नगरपालिकाको बजेट एक अर्ब

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १०, चितवन (रासस) | रत्ननगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब पाँच करोड ३२ लाख बराबरको बजेट आज सार्वजनिक गरेको छ । पाँचौं नगरसभामा उपप्रमुख विमलादेवी दुवाडीले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा नेपाल सरकारबाट सशर्त अनुदान रु २८ करोड २० लाख, समानीकरण अनुदान रु १९ करोड १३ लाख, राजश्व बाँडफाँटमा रु ११ करोड ६९ लाख, प्रदेश सरकारको समानीकरण अनुदान रु एक करोड १० लाख, सशर्त अनुदान रु चार करोड ९६ लाख, राजश्व बाँडफाँटमा रु तीन करोड ३१ लाख र सामाजिक सुरक्षातर्फ रु २० करोड रहेको छ ।

यस्तै समपुरक अनुदान रु दुई करोड, विषेश अनुदान रु दुई करोड, सडक बोर्डको रु ८० लाख र प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि रु ५० लाख बजेट विनियोजन गरिएको उपप्रमुख दुवाडीले जानकारी दिनुभयो । क्षेत्रगत रुपमा आर्थिक विकासतर्फ रु एक करोड २५ लाख, सामाजिक विकासतर्फ रु एक करोड ९३ लाख, संस्थागत विकास तथा सुशासनतर्फ रु ३७ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु ८७ लाख तथा पूर्वाधार विकासतर्फ रु आठ करोड ६७ लाख रहेको छ ।

सो अवसरमा नगरप्रमुख नारायण वनले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा विपन्न समुदायको भान्सामा सुधारिएको चुलो निर्माण गर्ने कार्यक्रम उल्लेख छ । नगरवासीले अनुभूति गर्ने गरी टाँडी बजार र सौराहा चोकमा आकासे पुल तथा ‘एक वडा एक पुस्तकालय’ निर्माण गरिने बजेटमा उल्लेख छ । नीति तथा कार्यक्रममा पर्यटकीय पूर्वाधारका रूपमा सौराहा क्षेत्रमा आधुनिक पर्यटन बसपार्क, पर्यटन सूचना केन्द्रको निर्माण र नगरप्रमुखसँग उद्यमशिलता विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

नगरपालिकामा सम्भावनाको क्षेत्रका रूपमा रहेको कृषि क्षेत्रको विकासमा विशेष ध्यान दिँदै अत्याधुनिक शीत भण्डार निर्माण र कृषि सूचना प्रणाली केन्द्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।