२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

६ महानगर: कुनमा कति बजेट ?

२०७६, १० असार मंगलवार १७:२४

असार १०, काठमाडौँ | मंगलबार देशभरीका बिभिन्न स्थानीय तहका बजेट सार्वजनिक भएको छ । यसै क्रममा बिभिन्न ६ महानगरपालिकाको बजेट पनि सार्वजनिक भएको छ । सार्वजनिक बजेट अनुसार क्रमश बढीबाट कमतर्फ काठमाडौँ, पोखरा, ललितपुर, विराटनगर, वीरगंज र भरतपुरको बजेट सार्वजनिक भएको हो । 

सार्वजनिक बजेट अनुसार काठमाडौँको सबैभन्दा बढी १५ अर्व ५० करोड ७० लाख, दोश्रोमा पोखराले ७ अर्व ५४ लाख, तेश्रो नम्बरमा ललितपुर महानगरपालिकाले ५ अर्व १७ करोड ९६ लाख र चौथो नम्बरमा विराटनगरले ५ अर्व १२ करोड ३० लाखको बजेट सार्वजनिक गरेको छ ।  त्यस्तै पाँचौं नम्बरमा वीरगंजले ४ अर्व ४८ करोड १३ लाख र अन्तिममा भरतपुरले ३ अर्व ३७ करोड ३१ लाखको बजेट सार्वजनिक गरेको छ  । 

मातिका मध्ये वीरगन्ज महानगरपालिकाले सोमबार नै सार्वजनिक गरेको थियो । बाँकी ५ महानगरपालिकाले मंगलबार आ–आफ्नो नगरसभामा बजेट प्रस्तुत गरे । ६ वटा महानगरपालिकाको कूल बजेट ३९ अर्ब ६६ करोड ९४ लाख पुगेको छ । अघिल्लो बर्षको तुलनामा यस पटकको बजेट ५.५६ प्रतिशत मात्रले बढेको छ । महानगर अनुसार बजेट वृद्धिको तुलनालाई लिने हो भने अघिल्लो बर्षको तुलनामा आगामी बर्ष काठमाडौँ महानगरको बजेट १६.०३ प्रतिशतले बढेको छ ।  त्यस्तै पोखराको बजेट ६.६९ प्रतिशत, विराटनगरको बजेट ७.१३ प्रतिशत, ललितपुरको बजेट ११.०५ प्रतिशत र भरतपुरको बजेट ०.९६ प्रतिशतले बढेको छ । ६ महानगरमध्ये बीरगंजको बजेट भने अघिल्लो बर्षको तुलनामा घटेको छ । बिरगंजको बजेट यो आर्थिक बर्ष १६.२२ प्रतिशतले घटेको हो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण