२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक मेगावाट विद्युत् आयोजना शिलान्यास

२०७६, १३ असार शुक्रबार ०५:४७

असार १३, जुम्ला | पातारासी गाउँपालिकाको चुकेनी खोलाबाट उत्पादन गरिने ९९८ किलोवाट विद्युत् उत्पादनका लागि  शिलान्यास गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिका र स्थानीयवासीको सेयर लगानीमा शुरु भएको उक्त आयोजनाको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले शिलान्यास गर्नुभएको छ । 

पातारासी १ गढिगाउँबाट उत्पादन हुने उक्त आयोजनाको शिलान्यास गर्दै मन्त्री भण्डारीले जनता आफँै मालिक भएर सञ्चालित पहिलो ठूलो जुम्लाको आयोजनाले पूरै जुम्लालाई उज्यालो दिने अपेक्षा गरिएको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष लक्षिमन बोहराले पातारासीको ठूलो योजना चाँडै सम्पन्न गर्न गाउँपालिकाको दायित्व रहेको बताउनुभयो । 

चुकेनी सहकारी संस्था लिमिटेडका अध्यक्ष गोरबहादुर बुढाले आयोजना चाँडै सम्पन्न गरी चाँडै उज्यालो हुने गरी काम अगाडि बढाइने बताउनुभयो । उहाँका अनुसार  ऊर्जा प्रवद्र्धन केन्द्रको रु २८ करोड, स्थानीयवासीको शेयर रु दुई करोड ५० लाख, गाउँपालिकाको रु एक करोड र प्रदेस सरकारको रु एक करोड लगानीसहित रु ४६ करोड लगानीमा आयोजना शुरु भएको छ । 

निर्माणको जिम्मेवारी भने फेवा कन्सल्टेन्स बुटवलले  पाएको  नवीकरणीय उर्जाका लागि जीविकोपार्जन फिल्ड संयोजक पृथ्वी शाहीले बताउनुभयो । उहाँले १८ महिनामा काम सकिने गरी निर्माण शुरु गरिने जानकारी दिनुभयो । 

विसं २०६९ वैशाखमा प्रयास गरिएको उक्त आयोजना रकम अभावका कारण रोकिएको थियो ।  एशियाली विकास बंैकले पनि रु तीन करोड ऋण दिने बताइएको छ  । अघिल्लो बिहीबार बोलपत्र आह्वान भएको उक्त आयोजनाबाट सन् २०२१ सम्म बिजुली बालिसक्नुपर्नेछ । 

उक्त आयोजनाको शिलान्यास कार्यक्रममा बुधबार सयौँ स्थानीयवासीकोे भीड लागेको थियो । जुम्लाको सदरमुकाम खलङ्गामा साना जलविद्युत् आयोजनाबाट ४० वर्ष अगाडि २२० किलोवाट उत्पादन भएको बत्ती तीव्र जनसङ्ख्या र बजारीकरण भएपछि जुम्ला सदरमुकाममा अहिले सकस छ ।  पातारासी गाउँपालिका जडिबुटीको भण्डारण क्षेत्र मानिन्छ । यहाँ यार्सा, पाँचआँैले, भुल्ते, खिरौलासहित दर्जनौँ प्रकारका जडिबुटी उत्पादन भए पनि बिजुली अभावका कारण प्रशोधन केन्द्र स्थापना हुन तथा ठूला व्यापारीबाट लगानी गर्न सकिएको अवस्था छैन । अब भने जडिबुटि प्रशोधन केन्द्र शुरु गर्न सकिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकहादुर बुढ्थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी