2026-10-27 01:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

स्वास्थ्य साम्रगी पाएपछि स्थानिय खुसी, सहि सदुपयो गर्ने वडा अध्यक्षको बाचा

दान बहादुर बुढा | असार, २६ मुगु खत्याड गाउँपालीका वडा नं १ मसाने गाउँमा रहेको  सेरी स्वास्थ्य चौकी लाई स्वास्थ्य साम्रगी सहयोग गरीएको छ  । सेरी स्वास्थ्य चौकीको पुरानो भवन जिर्ण बन्दै गए पछि अर्को नयाँ भवन निमार्ण भए पनि स्वास्थ्य सामाग्राही नहुदा दैनिक सेवा सन्चालनमा नआउदा पुर्न सन्चलनमा ल्याउनको लागी स्वास्थ्य साम्रगी सहयोग पाए पछि स्थानिय बासी खुसी भएका छन । 

गुर्ड नेवर्श  ईन्टर नेशनल नेपालको आर्थिक सहयोग कर्णाली गरिबि न्युुनिकरण तथा बिकास मञ्चको सहजिकरणमा गहेको बर्ष ३ लाख १५ हजार भन्दा बढी को स्वास्थ्य सामाग्रीहरु सहयोग गरीएको छ । यो सामाग्रीहरु नियमित सेवा ग्राहीलाई सहिरुपमा प्रयोगमा आवस दुरुपयोग नहोस पछि कुनैन कुनै माध्यम बाट सस्था बाट सामानको अनुगमन रेखदेख समेतहुर्ने कर्णाली गरिव न्यनिकरण तथा बिकास मञ्चका साहायक जनस्वास्थ्य अधिकृत टिकाराम ढुéानाले बताएका छन ।

बुधबार एक औपचारी कार्यक्रमको आयोजना गरी स्वास्थ्य साम्रगि हस्तान्तण गरीएको र

सेरी स्वास्थ्य चौकी लागी  आवश्यक फर्निचर , स्टेचर ,बिपि सेट, बिरामी जाँच बेड, थर्ममिटर नाप तौल गर्ने मेसिन,बेड,डेन्टल सम्बन्धी सामान,  लगायत आबश्यक पर्ने स्वास्थ्य साम्रगी १८ प्रकारका हस्तान्तण गरीएको कर्णाली गरिबि न्युुनिकरण तथा बिकास मञ्चका कार्यकारी निदेैशक शिव चन्द्र काकीले  जानकारी दिएका छन । 

स्वास्थ्य साम्रगी हस्तान्तरण पछी खत्याड गाउँपालीकाका बडा नम्बर १मारहेका  ५ बटाका बस्तकिा  स्थानीय खुसी भएका छन । स्वास्थ्य चेक जाँज गर्न तिन घण्टाको दुरीमा रहेको माथिचौर श्रीकोट स्वास्थ्य चौकीमा जानुपर्न बाध्यता  थियो गाउँमै गाउँघर रहेको बिगत लामो समय देखी औषधी र स्थास्थ्य सामाग्री नभएको जिर्ण रहेको  सेरी स्वास्थ्य चौकीको स्त्रर उन्नती संगही स्वास्थ्य सेवा सुचारु भएमा दुखका दिन हट्ने स्थानीय बासि चिन कला बुढाले बताएकी छन  ।

स्वास्थ्य सामग्री बुझदै खत्याड गाउँपालीका वडा नम्बर १का अध्यक्ष  मेर बहादुर बुढाले बिगत देखी खत्याड गाँउ पालिकाको शिक्षा,स्वास्थ्य,बाटो घाटो,बिधुत लगाएत बाट पछि परेको बस्तीमा सस्ने मानिसहरुको स्वास्थ्य को समस्यालाई मध्यनजर राखि स्वास्थ्य साम्रगी सहयोग गरेकामा सहयोगी सस्था लाई धन्यवाद प्रकट गदै स्थानीयले गाउँमा  स्वास्थ्य सेवा पाउने बताए । उनका अनुसार  विगतका बर्षहरुमा स्वास्थ्य सेवा लिन  घण्टौ हिड्नु पर्ने बाध्यता हट्ेको छ । बिगतका बर्षहरुमा बिरामी पर्दा डोको मा बोकेर स्वास्थ्य सस्थामा लिने गरेका थियोै यो समस्या बाट टाढाहट्ने भएको छ । सहयोगी सस्थाले दिएको सामानको सहि सदुपयोगमा ल्याउने बाचा समेत वडा अध्क्षय बुढाले बताएका  छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने