2026-07-09 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुमा साना ब्यावसायले अनुदानमा सामान पाउदा खुसी (८ तश्वीर)

दान बहादुर बुढा | असार ३०, मुगु | हिमाली जिल्ला मुगु रहेका साना ब्यावसाय गर्दै आईरहेका उद्यमीहरुलाई कणाली प्रदेश सरकार सामाजिक मन्त्रालयको आर्थिक सहयोगमा ब्यावसाय गर्नका लागी ब्यावसाय सामान प्रदान गरेको हुँदा स्थानिय ब्यावसायीहरु निकै खुसी भएका छन् ।


आ.व २०७५/७६को बार्षिक कार्यक्रम अनुसार कर्णाली प्रदेश र सरकारको सामाजिक मन्त्रालयको आर्थिक सहयोग र जिल्ला समन्वय समितिको पहलमा मुगु जिल्लामा रहेको साना ब्याबसाय गर्दै आईरहेको उद्यमीहरुका लागि हौशला स्वरूप २५ लाख बराबरको ब्यावसायमा प्रयोग हुने बिभिन्न आईटमका सामान जिल्ला समन्वय समिति मुगुले बस्तु अनुदान सहायता बितरण तथा हस्तान्तरण गर्ने एक कार्यक्रम गर्दै आज मुगु जिल्लामा रहेका होटल, चाउमीन उद्योग, ग्रिल उद्योग, सिलाई कटाई, आरन चलाउने, लगायत अन्य ब्यावसाय गर्दै आईरहेको उद्यमीहरुलाई आज एक औपचारीक कार्यक्रम गरी एक ब्यक्ति बराबर ४ वटा आईटमको सामान हस्तान्तरण गरेको जिल्ला समन्वय समिति मुगुको संयोजक पुर्ण बहादुर रोकायाले बताएका छन् । 


संयोजकका अनुसार असारको पहिलो हप्ता कर्णाली प्रदेश सरकार सामाजिक मन्त्रालयबाट निर्देशिका, अख्तियार सहित बजेट आएको हो । जिल्लामा रहेको एक समितिले निर्देशिका अनुसार सार्वजनिक सुचना गर्दा ६० वटा निबेदक परेको हुँदा निवेदनको छानबिन गरि ३६ जना ब्यावसाय गरी रहेका उद्यमीहरुको निवेदनमा माग भए अनुसार मिलाएर  सामान खरिद गरि आज उद्यमीहरुलाई सामान हस्तान्तरण गरेको छ ।


उद्यमीहरुले पाएका सामानहरु समयमा सहि सदुपयोग गर्नुहुन अनुरोधका साथै ईमान्दार उद्यमीहरुले आफ्नो आत्मनिर्भर नभई देशको आर्थिक उन्नतीको मूख्य मेरुदण्ड उद्यमीहरु हुन् भन्दै पछिल्लो समयमा हाम्रो देश नेपालमा बाहिरी देशबाट सामान आयात गरेको छ, देशको दक्ष जनशक्त्ती निर्यात गरेको छ, यसको रोकथामको लागी प्रदेश सरकारले नेपालमा वा कर्णाली प्रदेशमानै सानो रोगजारी भएर बसुन भन्ने हेतुले साना उद्योगीहरुलाई लक्ष्छीत गरी ल्याएका यो कार्यक्रम हो, लिएको सामानको सही सदुपयोग गरी प्रयोगमा ल्याई उद्यमीलाई भबिष्यमा प्रगतिको शुभकामना सहित अनुदानको सामान हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले बताएका छन ।


उद्यमीहरुलाई फ्रिज, सिलाई कटाई मेशिन, आरन चुलो, जुत्ता सिलाउने मेशिन, जेनेटर, मम बनाउने भाडो, फिल्टर, आईरन, लगाएतका सामानहरु जिल्ला समन्वय समिति मुगुले खरिद गरि शत प्रतिशत अनुदानमा  बितरण गरेको छ ।

सत प्रतिशत अनुदानमा सामान पाउदा मुगु जिल्लामा रहेका ३६ जना उद्योगीहरु निकै खुसी भएका छन् ।  बिगत १५ बर्षदेखी होटल ब्याबसाय गर्दै आईरहेका पार्वती होटलका प्रोपराईटर हरीचन्द्र रावतका अनुसार लाम्रो समयसम्म आफ्नै मिहिनेतबाट होटल संचालन गर्दै आईरहेको थिए, बल्ल नेपाल सरकार सामाजिक मन्त्रालय कणाली प्रदेश सरकारको आर्थिक सहयोग र जिल्ला समन्वय समिति मुगुको पहलमा मम बनाउने भाडो, डीफ्रिज, लगायतको सामान पाउदा निकै खुसी भएको र यी अनुदानमा पाएको सामानको सहि सदुपयोग गर्ने समेत बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो