2026-09-08 11:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सवारी कारवाहिबाट सल्यानमा ५६ लाख ५५ हजार राजस्व संकलन

शंकर के सी | साउन २, सल्यान |  सल्यानमा ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा एक लाख ७५ हजार बढि राजस्व उठाएको छ । नियम विपरित संचालन हुने सवारि साधनलाई कारवाहि गर्दा ५६ लाख ५५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । 

अघिल्लो आर्थिक वर्षमा ५४ लाख ८० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय सल्यानका प्रहरी सहायक निरिक्षक (सई) जगदिश ऐरले जानकारि दिए । 

उनका अनुसार २०७५ साउन देखि २०७६ असार सम्म सबैभन्दा बढि मोटरसाइकल कारवाहिमा परेका छन् । ३४५० मोटरसाइकललाइ कारवाहि गर्दा १९ लाख ९६ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको प्रसनि ऐरले जनाए । 

यस्तै १६४१ ट्रक कारवाहिमा परेका छन् । जसबाट ९ लाख १९ हजार रुपैयां संकलन भएको छ । यस्तै १३२१ बसलाय कारवाहि गर्दा ७ लाख ३५ हजार, २१५५ जीप तथा कारलाइ कारवाहि गर्दा एक लाख ४० हजार पाँच सय र १३९१ ट्रेक्टरबाट सात लाख ६७ हजार पाँच सय रुपैयाँ संकलन भएको उनले जनाए । 

अघिल्लो आर्थिक वर्ष १० हजार तीन सय सवारि साधन कारवाहिमा परेकोमा आ.व ०७५।०७६ मा नौ हजार नौ सय ५८ यातायातका साधन कारवाहिमा परेका छन् । सबै भन्दा बढि असारमा ११०८ सवारिसाधन कारवाहिमा परेका छन् भने सबैभन्दा बढि राजस्व पुष महिनामा पाँच लाख ३७ हजार पाँच सय राजस्व संकलन भएको छ । 

प्रसनि ऐरले जिल्लाको कपुरकोटबाट सबैभन्दा बढि राजस्व संकलन भएको जनाए । दोश्रोमा श्रीनगरबाट बढि राजस्व उठेको छ भने सबैभन्दा कम सल्लीबजारबाट राजस्व संकलन भएको छ । सवारि चलाउँदा मापसे गर्ने एक सय १८ जनालाइ कारवाहि गरिएको उनले बताए । तर कसैको पनि चालक अनुमतीपत्र (लाइसियन्स) प्वाँल नपारिएको उनले जनाए । 

१३ पुरुष, ४ महिला र १ बालकको मृत्यु 

यसैविच गत साउन देखि असार सम्म १८ जनाले सवारि दुर्घटनामा ज्यान गुमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने २० जनाले ज्यान गुमाएका थिए । आ.व २०७५।०७६ मा १३ जना पुरुष, ४ जना महिला र एक जना बालकले ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । साथै सवारि दुर्घटनामा २५ जना सक्त र १५३ जना सामान्य घाइते भएको प्रसनि ऐरले जनाए । 

यस आर्थिक वर्षमा दुर्घटना हुने सवारिको संख्यामा भने बृद्धि भएको छ । अघिल्लो आ.वमा ३७ वटा सवारिसाधन दुर्घटनामा परेकोमा ०७५।०७६ मा १०१ सवारि दुर्घटना भएका छन् । ४५ वटा मोटरसाइकल, १९ वटा जीप, १७ वटा ट्रेक्टर, ११ वटा बस र ९ वटा ट्रक दुर्घटना भएको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो