८ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवनमा असारमा मात्रै ४० प्रतिशत पूँजीगत खर्च

२ श्रावण २०७६, बिहीबार ०७:५६

नारायण अधिकारी | साउन २, चितवन | आर्थिक वर्षको मसान्तमा हतारमा काम सम्पन्न गरेर बजेट निकासा गर्ने पुरानो प्रचलन परिवर्तन हुन सकेको छैन । गुणस्तरीय कामको सट्टामा हतारमा काम चलाउ गरेर बजेट निकासा लिने प्रचलन कायमै रहेको देखिएको छ । 

जिल्लामा गत आर्थिक वर्षका ११ महीनाको हाराहारी नै असारमा मात्र पूँजीगत खर्च निकासा भएको देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले दिएको जानकारीअनुसार पूँजीगततर्फ सङ्घको ३४ प्रतिशत र प्रदेशको ५७ प्रतिशत बजेट असारमा निकासा भएको छ । समग्रमा हेर्दा असारमा खर्च भएको रकम ४० दशमलव ३८ प्रतिशत हुन आउँछ । 

कार्यालयका सूचना अधिकारी कृष्णबहादुर अधिकारीका अनुसार गत आर्थिक वर्षमा पूँजीगततर्फ सङ्घको रु तीन अर्ब ५१ करोड २१ लाख २७ हजार खर्च भएकोमध्ये रु एक अर्ब २२ करोड ६४ लाख ४२ हजार असारमा खर्च भएको छ । प्रदेशतर्फको कूल खर्च रु एक अर्ब १५ करोड ४७ लाख १४ हजारमध्ये रु ६५ करोड ८३ लाख ४६ हजार असारमा मात्र खर्च भएको छ । 

कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेन्द्रप्रसाद भण्डारीले काम सके पनि भुक्तानी लिउलानी भन्ने र समय सकिनै लाग्दा काम गर्ने दुवैले भुक्तानी असारमा लिन आउने हुँदा पूँजीगत खर्चको ठूलो रकम निकासा त्यसै महीनामा हुने गरेको बताउनुभयो । 

जिल्लामा गत आर्थिक वर्षमा ८४ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ । कार्यालयले दिएको जानकारीअनुसार पूँजीगत खर्चतर्फ ६९ दशमलव ३५ प्रतिशत मात्र खर्च भएको छ भने चालूतर्फ ९५ दशमलव २२ प्रतिशत खर्च भएको छ । जिल्लामा समग्रमा रु १६ अर्ब ७७ करोड ७८ लाख ३० हजार ८३२ विनियोजित भएको थियो । सङ्घ र प्रदेश सरकारकोतर्फबाट विनियोजित रकमको रु १४ अर्ब २३ करोड ४३ लाख छ हजार २७१ मात्र खर्च भएको छ । 

यो रकममध्ये पूँजीगत खर्चका लागि रु छ अर्ब ७२ करोड ९५ लाख ८८ हजार ९२ निकासा भएको थियो । जसमध्ये रु चार अर्ब ६६ करोड ६८ लाख ४१ हजार ९३३ खर्च भएको हो । 

जिल्लामा सङ्घीय सरकारबाट पूँजीगत र चालू खर्च रु १४ अर्ब ५४ करोड ३५ लाख २१ हजार २४० विनियोजन भएकामा रु १२ अर्ब ७३ करोड ४४ लाख १२ हजार ८४३ खर्च भएको थियो । 

यस्तै प्रदेश सरकारबाट निकासा भएको रु दुई अर्ब २३ करोड ४३ लाख नौ हजार ५९२ मध्ये रु एक अर्ब ४९ करोड ९८ लाख ९३ हजार ४२८ मात्र खर्च भएको हो ।

निकुञ्जमा अहिलेसम्मकै बढी पर्यटक 

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा हालसम्मकै बढी पर्यटक घुम्न आएका छन् । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७५÷०७६ मा एक लाख ८७ हजार १०९ जना पर्यटकले निकुञ्ज घुमेका छन् । 

आव २०७१-०७२ मा निकुञ्ज प्रवेश गरेका एक लाख ७८ हजार २५७ जना पर्यटक नै यसअघिको सबैभन्दा बढी पर्यटक रहेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार पर्यटकको सङ्ख्या बढिरहेको समयमा विसं २०७२ वैशाख १२ गते भूकम्प गएसँगै पर्यटकको सङ्ख्या घटेको थियो । 

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६८-०६९ मा एक लाख ७० हजार ११२, ०६९-०७० मा एक लाख ५३ हजार ७४९, आव २०७०-०७१ मा एक लाख ७३ हजार ४२५ जना पर्यटक निकुञ्ज प्रवेश गरेका थिए । भूकम्प गएको दोस्रो वर्ष २०७२-०७३ मा पर्यटकको सङ्ख्या घटेर ८७ हजार ३९१ मा झरेको थियो । आर्थिक वर्ष २०७३-०७४ मा एक लाख ३९ हजार ९७८ र २०७४-०७५ मा एक लाख ५२ हजार ६७१ पर्यटक निकुञ्ज प्रवेश थिए । 

ढकालले निकुञ्जभित्र हालसम्मकै बढी पर्यटक प्रवेश गरेको जानकारी दिनुभयो । भूकम्पपछि मधेश आन्दोलन र नाकाबन्दीका कारण इन्धनको अभावले पर्यटकको सङ्ख्यामा कमी आएको थियो । यससँगै नारायणगढ मुग्लिन सडकखण्डको विस्तारका कारण पहिरो र जामले पर्यटक घटाएको थियो । 

देशमा स्थिर सरकार, नारायणगढ मुग्लिन सडकको स्तरोन्नति, निकुञ्जका बाहिरी क्षेत्रमा नयाँ पर्यटकीय होटलको विकासलगायतका कारण पर्यटक बढेको अनुमान गरिएको छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले पर्यटकको सङ्ख्या सकारात्मक भए पनि अपेक्षाकृत नभएको बताउनुभयो । यो सङ्ख्या दोब्बर बनाउनुपर्ने भन्दै उहाँले निकुञ्ज आसपासमा पर्यटक बस्ने क्षमता धेरै भएकाले अब पर्यटक बढाउनुपर्ने बताउनुभयो । 

निकुञ्ज आसपासका क्षेत्रमा दैनिक छ हजार ५०० पर्यटक बस्नसक्ने क्षमताका होटल छन् । सौराहामा मात्र पाँच हजार ५०० पर्यटक अट्न सक्छन् । निकुञ्ज प्रवेशका लागि १० वटा प्रवेशद्वार रहेका छन् । यध्यपि अधिकांश सौराहाबाट निकुञ्ज प्रवेश गर्ने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जमा सफारी नगर्ने तर होटलमा आउने पर्यटकको सङ्ख्या थप ३० प्रतिशत हाराहारी रहेको घिमिरेले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोहीलगायतका लागि चर्चित छ । विसं २०३० मा यो निकुञ्ज स्थापना भएको हो । निकुञ्ज स्थापना पूर्व र पछिका निकुञ्जभित्रका सात वटा होटल बन्द भएपछि धेरै रकम खर्च गर्न सक्ने पर्यटक आउन छाडेका छन् । 

निकुञ्जमा पर्यटक बढेसँगै राजस्व पनि बढेको छ । गत आर्थिक वर्षमा रु २९ करोड १० लाख ९७ हजार, ८२३ राजस्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा रु २४ करोड ८१ लाख ९९ हजार ९९८ सङ्कलन भएको थियो । पर्यटक बढेसँगै राजस्व सङ्कलन पनि अहिलेसम्मकै बढी भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक धरहरा प्रवेश गर्न ५० रुपैंयाँ, चढ्न दुईसय रुपैंयाँ शुल्क लाग्ने नेपाल फिल्म सोसाइटीको अध्यक्षमा कृष्ण मल्ल निर्वाचित अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट क्रिकेटमा भारतको ४६ रनको अग्रता मित्रराष्ट्रहरुसँग हाम्रो सम्बन्ध सुमधुर हुनुपर्छ : मन्त्री सिंह जरिवाना तोकेपछि एमाले महासचिवले भने– मेयरको प्राथमिकता सरसफाइ नभएर स्टण्टबाजी हो जिल्ला प्रशासन महोत्तरीका नासु घुससहित पक्राउ आज काठमाडौँको यी स्थानमा ७ घण्टा विद्युत् अवरूद्ध हुने दरबारमार्गमा फोहोर गरेपछि एमालेलाई महानगरले तिरायो एक लाख जरिवाना एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर आजको मौसम :यी ४ प्रदेशमा हल्का वर्षा तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना