२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नारायणी नदीमा मिनी पानीजहाज सञ्चालनमा ल्याउने तयारी

२०७६, ५ श्रावण आईतवार ०७:०६

नारायण अधिकारी |  साउन  ५, चितवन  | सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ । क्रुज दशैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

 क्रुज सञ्चालन गर्ने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले शनिबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी दशैँ अगाडि क्रुज सञ्चालनमा ल्याइने जानकारी दिएको हो । सम्भाव्यता अध्ययन गरी सञ्चालन गर्न सकिने देखिएपछि काम थालिएको सो अवसरमा जानकारी दिइयो । प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले निर्माणको काम अन्तिम चरणमा पुुगिसकेकाले दुई महीनापछि अर्थात् दशैँअघि सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताउनुभयो । 

 भरतपुर महानगरपालिका–१६ स्थित ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाट बगरमा पोर्ट र क्रुज निर्माण भइरहेको छ । ज्ञानेश्वर सामुदायिक वनसँग २० वर्षको सम्झौता गरी क्रुज निर्माण गरिएको हो । क्रुज सञ्चालन गर्न करीब रु ३५ करोड लागत लाग्ने अनुमान गरिएको कँडेलले बताउनुभयो । क्रुज हालका लागि पर्यटकीय प्रयोजनका लागि मात्र हुनेछ । 

 क्रुजमा बिहानको ब्रेकफाष्ट खाँदै नदीमा सयर गर्न चाहनेहरुले ब्रेकफाष्ट क्रुजको मज्जा लिनेछन् । अपराह्न खानानै क्रुजमा खाँदै रमाउन चाहनेका लागि लञ्च नै क्रुजमा हुनेछ र साँझमा डिनर क्रुज हुने कँडेलले बताउनुभयो । प्रत्येक क्रुजिङ करीब तीन घण्टाको हुनेछ । काभ्रेघाटदेखि शुरु यात्रा देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोको समेत अध्ययन भइसकेको छ । एकपटकमा २०० जनालाई सेवा दिने गरी निर्माण भइरहेको क्रुज दुईतला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ । क्रुजको भुइँतला वातावरण अनुकूलित हुनेछ भने माथिल्लो तला खुला रहनेछ ।  

 क्रुजको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्वतयारी गरिरहेको कँडेलले बताउनुभयो । कँडेलले भन्नुभयो, “क्रुजसिपको सञ्चालनका लागि आवश्यक क्रिउ मेम्बर र प्राविधिक हाललाई विदेशी हुनेछन् । दीर्घकालीन रुपमा नेपाली जनशक्ति नै उत्पादन गर्नका लागि आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने योजनामा छौँ ।”

 क्रुज जल प्रवाहको मापन, प्रकोपका चुनौतीको अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनपश्चात् नर्वेजियन प्रविधिको प्रयोगबाट भारतीय प्राविधिकको सहयोगमा नारायणी नदी किनारमै निर्माण थालिएको हो । निर्माणको जिम्मा लिएको भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेशनलका निर्देशक ओजस सेवा स्टियमले लामो समयदेखि भारत, मलेसिया, श्रीलङ्का, दुबई, सिङ्गापुरलगायतका देशमा सफलतापूर्वक काम गरिसकेकाले नारायणी नदीमा सफलतापूर्वक क्रुज सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । क्रुजमा दुई इञ्जिन रहनेछन् । क्रुजको १ दशमलव ८ किलोमिटर प्रतिघण्टाको गति रहनेछ । 

 क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । यो निर्माणका लागि १५ फिट गहिरो पोखरी निर्माण गरिएको छ । क्रुजको अघिल्लो भागमा एकसिङ्गे गैँडाको टाउको आकृति हुनेछ । ज्ञानेश्वर सामुदायिक वनका अध्यक्ष राजन अधिकारीले क्रुज सञ्चालनमा आएपछि सामुदायिक वनमा पर्यटकको आकर्षण बढ्ने बताउनुभयो । नेपालमै पहिलोपटक यो काम भएको भन्दै उहाँले यसलाई सामुदायिक वनसँग जोड्न सकेमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 सो क्षेत्रका प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालका नदीमा पानीजहाज चलाउने सङ्कल्प यसले केही हदसम्म भए पनि पूरा गर्ने बताउनुभयो । यसबाट जिल्लामा जलपर्यटनको शुभारम्भ हुने बताउनुभयो । 

 क्रुज निर्माण गर्न अभियानका रुपमा लाग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता देवी ज्ञवालीले प्रधानमन्त्री ओलीले नदीमा पानीजहाज सञ्चालन हुने बताएसँगै आफूहरुले विज्ञहरुसँग परामर्श गरेर काम शुरुआत गर्न आवश्यक सहयोग गरेको बताउनुभयो । यसबाट नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी