2026-07-07 12:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रङ्गशाला निर्माणका लागि महानगरका कर्मचारी र जनप्रतिनिधिद्वारा सहयोग

2019-07-28

साउन १२, चितवन | गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले धुर्मुस–सुन्तली फाउण्डेसनलाई रु ५१ लाख ५० हाजर सहयोग गरेका छन् । 

महानगर प्रमुख रेनु दाहालले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई आज यहाँ आयोजित कार्यक्रममा उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । महानगरपालिकाका २९ वटै वडाका कर्मचरी र जनप्रतिनिधिबाट सो रकम सङ्कलन गरिएको थियो । 

उहाँले रङ्गशाला निर्माणका लागि जिल्लावासी जुरमुराएका छन् भन्दै यो रङ्गशाला राष्ट्रिय गौरवको आयोजना भएकाले राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा पनि महोल सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । 

सो रङ्गशाला निर्माणका लागि महानगरपालिकाले चालू आर्थिक वर्षमा रु पाँच करोड ४५ लाख विनियोजन गरिसकेको छ भने प्रदेश नं ३ बाट पनि रु पाँच करोड विनियोजन भएकाले अहिले डिपिआर निर्माणको काम तीव्ररुपमा अघि बढिरहेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले जानकारी दिनुभयो । गत माघ १६ गते उक्त फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि सम्झौता भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने