२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चितवन कालिका नगरपालिकाद्वारा चैतमा काम सक्ने गरी योजना

२०७६, ४ आश्विन शनिबार ०४:५०

असोज ४, चितवन | आर्थिक मसान्तको समयमा वर्षात् हुने र निर्माणका काम कमजोर हुने भएपछि यहाँको कालिका नगरपालिकाले चैत मसान्तमा काम सक्ने गरी योजना अघि बढाएको छ । आर्थिक मसान्त चैतलाई मानेर निर्माणका कामलाई गति दिन लागिएको हो । 

नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार समय छँदैछ भन्दै कामलाई असार मसान्तसम्म पु¥याउने परिपाटी अन्त्य गर्दै चालू आर्थिक वर्षबाट चैतलाई आर्थिक मसान्त मानेर काम गर्न थालिएको हो । यही असोज २ गते कार्यपालिकाको बैठक बसेर असोज मसान्तभित्र उपभोक्ता समिति निर्माण गरी काम अघि बढाउन लागिएको हो । गत वर्षमा वैशाखसम्म उपभोक्ता समिति गठन गर्ने गरिन्थ्यो । 

वडा कार्यालय र नगरपालिका कार्यालय भवनको बोलपत्र आह्वान भई काम अघि बढिसकेको भन्दै उहाँले बहुवर्षीयबाहेकका सबै योजना चैतमा सक्ने गरी काम अघि बढ्ने बताउनुभयो । आर्थिक वर्षको मसान्त असारमा भएको र सो समयमा वर्षात् हुने भएकाले धेरै योजना हतारमा सक्ने गर्दा काम कमजोर हुने गरेको छ । सबै वडा कार्यालयलाई चैतसम्ममा काम सक्ने गरी योजना बनाउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

कुनै विशेष कारण चैतमा काम नसकिएमा वैशाख र जेठमा सुक्खा हुने भएकाले ती योजनालाई प्राथमिकता दिएर काम गर्न सकिने श्रेष्ठको भनाइ छ । कालिका नगरपालिकाको चालू आवको बजेट रु ७८ करोड रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै