७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोकुलेको धापसम्म नियमित बस सञ्चालन

६ कार्तिक २०७६, बुधबार ०६:०७

कात्तिक ६, काभ्रे | जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका–१ धापसम्म यात्रुबाहक बस पुगेपछि वर्षौँदेखि आफ्नै घरआँगनबाट बस चढेर शहर जाने यहाँका जनताको रहर बल्ल पूरा भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा मोटरबाटोको ट्र्याक खोलेसँगै स्तरोन्नति गरेपछि काभ्रे बस प्रालिको यात्रुबाहक बसले सेवा दिन थालेको छ । त्यससँगै अब विकट क्षेत्र गोकुलेलगायत आसपासका बासिन्दाले आफ्नै घरआँगनबाट बस चढ्ने सुविधा पाएका हुन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको बिपी राजमार्गस्थित चौकीडाँडा हुँदै सिसाखानी–सिपाली–बूढाखानी–फोक्सिङटार–मसानेभञ्ज्याङ–देवीटार–घर्तिछाप हँुदै गोकुलेको धाप मैनडाँडासम्म दैनिक यात्रुबाहक बस पुगेको छ । 

यसअघि सो बाटो भएर फोक्सिङटारको सानो पोखरासम्म पुगेको भएपनि नियमित रुपमा बुढाखानीको महादेवटारसम्म मात्रै बस पुगेको थियो । सिन्धुलीको घ्याङलेक गाउँपालिकाको रामपुर हुँदै बनखु घर्तिछापसम्म हिमाल तराई यातायातको बस पुगेकामा अब जिल्लाभित्रैबाट डाँडापारिको गोकुलेधापसम्म यात्रुबाहक बस पुर्याउन सफल भएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । 

“पहिला आफ्नै गाउँपालिका डाँडापारि जानका लागि छिमेकी जिल्ला सिन्धुली घुमेर जानुपर्ने बाध्यता थियो, गाउँपालिकाको पहलमा अब आफ्नै जिल्लाबाट नै डाँडापारि जान सक्ने भएको छ”, जिम्बाले भन्नुभयो, “यसरी जाँदा छिटो मात्रै नभएर भाडा पनि रु २०० सस्तो भएको छ ।” यसअघि हिमाल तराई यातायातले सिन्धुली हुँदै घुमेर जानुपर्नेमा बनेपादेखि गोकुलेसम्म रु ७८० दिने गरेकामा अब काभ्रे बस प्रालिले रु ५८० मा सेवा पुर्याएको छ । 

तीन दिनअघि फोक्सिङटारको खानीटार पुगेर गाउँपालिका अध्यक्ष जिम्बा र काभ्रे बस प्रालिका अध्यक्ष बर्ण शाक्यले संयुक्तरूपमा मोटरबाटोको उद्घाटन गर्नुभएको थियो । सो क्रममा गोकुलेको धाप मैनडाँडासम्म नियमितरूपमा बस सञ्चालन गर्ने र तोकिएको भाडादर लिने विषयमा सम्झौतासमेत भएको थियो । बनेपाबाट धापसम्म दैनिक दुई बस सञ्चालन हुने भएका छन् । बनेपादेखि धापसम्म ७८ किलोमिटर छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह