२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिसाखानीको सत्डाँडामा पुग्यो मोटरबाटो

२०७६, २६ कार्तिक मंगलवार ०६:०३

हेम विश्वकर्मा | कार्तिक २६, बडिगाड | बागलुङ जिल्लाको बडिगाड गाउँपालिका ३ सिसाखानी अन्तरगत ताकरछेडा बाट सत्डाँडा जोड्ने मोटरबाटोको उद्घाटन  गरिएको छ । प्रमुख अतिथि  वडा नं ३ का अध्यक्ष खडक पुनले रिवन काटेर बाटोको उद्घाटन गरेका हुन् ।

बाटो उद्घाटन गर्दै प्रमुख अतिथी पुनले अब ग्रमीण क्षेत्रका जनता उत्पादन मूलक कार्यमा लाग्नु पर्ने सयम आएको बताएका छन् । ग्रामीण क्षेत्र लाई यतिखेर सडक सञ्जालले जोडी सकेको अवस्थामा ब्यवसायिक कृषि, पशुपालन, लगाएतका ब्यवसायी तर्फ उन्मुख भए मात्र सडक सञ्जालले जोडिएको सार्थकता लाई प्राप्त गर्न  सकिने पुनले दावी गरे । 


अध्यक्ष पुनले सडकमा सवारीका साधनहरु नियमित रुपमा गुड्ने भए पछि सडकलाई आय मूलक कार्यमा उपयोग गर्न स्थानीय बासिन्दा लाई आग्रह गरे । गाउँको विकासका ढोका अब खुलेकोले जनप्रतिनिधि सँग समन्वय गरेर अगाडी बढ्न स्थनीय वासिन्दालाई उनले आग्रह समेत गरेका छन् ।


कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले यस्ता विकास निर्माणका योजना देखी जनता लाई समुन्नत बनाउने योजना ल्याउनु पर्ने र साबिक सिसाखानी गा.बि.स ७, ८ र ९ का जनतालाइ अत्यावश्यक रहेको खानेपानीको ब्यबस्था गर्न स्थानिय सरकारलाइ आग्रह गरेका थिए ।  


सो कार्यक्रममा ताकर सत्डाँडा मोटरबाटो समिति, मोटरबाटो खन्ने डोजर चालक बिराज चोखाल लाई सम्मान समेत गरिएको थियो । कार्यक्रम मोटरबाटो समितिका अध्यक्ष झग बहादुर थापाको अध्यक्षता, बोम बहादुर थापाको स्वागत मन्तब्य र समीर पुनको सञ्चालनमा सम्पन्न भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा