कार्तिक २८, काठमाडौँ | आज बिहिबार पनि सुनको मूल्य बढेको छ | बुधबारको तुलनामा आज रु ६०० ले बढेर प्रतितोला छापावाल सुनको मूल्य रु ७२ हजार पुगेको नेपाल सुनचाँदीको व्यवसायी महासंघले जनाएको छ |
आज तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ७ सयमा कारोबार भइरहेको छ | त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ | बुधबारको तुलनामा रु १० बढेर आज बिहिबार प्रतितोला चादीको मूल्य रु ८ सय ६० कायम भएको महासंघले जनाएको छ |