२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

२ रुपैँया बाट सुरु भई २ करोडको कोषमा कर्मचारी कल्याण कोष, ४० औँ वर्षगाँठ सम्पन्न

२०७६, २९ कार्तिक शुक्रबार ०५:२२

कात्तिक ३०, काठमाडौँ | नेपाल रेडक्रसको कर्मचारी कल्याण कोषले आफ्नो ४० औँ वर्षगाँठ कार्यक्रम तथा वार्षिक साधारण सभा कार्यक्रम आज विहिवार  कालिमाटी, काठमाडौँमा सम्पन्न गरेको छ । आगामी आ.वको लागि ११ लाख ६१ हजार साधारण तर्फ तथा अनुमानित २ करोड रुपैँया आपत्कालिन अवस्थामा रिन सहयोग गर्ने  कार्यक्रम तय गरिएको छ । 

विपत्तिको अवस्थामा सहयोग पुर्याउन तथा सामाजिक आर्थिक सहयोगको  लागि २०३६ साल साउनमा नेरेसोका कर्मचारीबीच पारस्परिक सहयोगको लागि बचत अभियान स्वरुप कोषको स्थापना गरिएको थियो  । 

कार्यक्रममा कल्याणकोषको  स्थापना र विकासमा सहयोग पुर्याउने र   उत्प्रेरणात्मक सहभागिता जनाउनेलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा पूर्व कार्यकारी निर्देशक तीर्थराज वन्त, पूर्व उपकार्यकारी निर्देशक इन्द्र बहादुर केसी तथा उत्प्रेरणात्मक नृत्य तर्फ रामकृष्ण शर्मा हुनुहुन्छ ।


कोषका सचिव पदमनाथ आचार्यले कार्यक्रम सञ्चालन गर्दै प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो भने कोषाध्यक्ष केदार बरालले कोषको कारोबार र आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।  कोषका संस्थापक तीर्थराज वन्तले ४० वर्षको ऐतिहासिक घटना चर्चा गर्नुभएको थियो । 

 नेरेसोका अध्यक्ष संजीव थापाले कोषमा सवै कर्मचारीको अपनत्व हुने गरी अघि वढ्न अनुरोध गर्दै कोषलाई अझ क्रियाशिल बनाई र उत्पादनशीलतातर्फ लैजान सुझाव दिनुभयो ।   महामन्त्री देवरत्न धाख्वाले कार्यक्रमको समुद्घाटन गर्दै नेरेसोले समुदाय, परिवार र व्यक्तिहरुलाई आफ्नो समस्या आफै समाधान गर्ने अवस्थामा पुर्याउन सहयोग गरिरहेको र कोषले पनि कर्मचारीहरुको अभाव, आकस्मिकतामा  सघाऊ पुर्याइरहेको धारणा व्यक्त गर्नुभयो ।

कोषका अध्यक्ष डाक्टर प्रकाश कुमार यादवको सभापतित्वमा भएको कार्यक्रममा रेडक्रसको अन्तर्राष्टिय महासंघका प्रतिनिधि प्रदीप मित्तल, नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री हरिप्रसाद न्यौपाने, निमित्त कार्यकारी निर्देशक मनिता राजकर्णिकार, साझेदार सोसाइटीका प्रतिनिधिहरु र रेडक्रस केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । 


२ रुपैँया बाट सुरु भई २ करोडको कोष 

रेडक्रस कर्मचारी कल्याण कोषका सदस्यहरूबीच पारस्परिक सहयोगको आधारमा विपत्तिको अवस्थामा सहयोग पुर्याउन तथा अन्य  अवस्थामा सामाजिक तथा आर्थिक स्थिति सुधारको लागि  कार्यक्रमहरू सञ्चालन गर्न २०३६ साल साउन देखि रेडक्रसका सहयोगी कर्मचारीबाट २ रुपैँया र अधिकृतस्तरका कर्मचारीबाट ५ रुपैँया र मासिक उठाई सुरु गरिएको कल्याणकोषमा अहिले १ करोड ९६ लाख रुपैँया रहेको र कल्याणकारी कार्य सञ्चालन गरिएको  सञ्चालक समितिका निवर्तमान अध्यक्ष दिव्यराज पौडेलले जानकारी दिनुभयो ।


कोषका सदस्य बाबुराजा वोहराले भन्नुभयो 'हृदयघातको समस्या र मृगौला फेर्न पर्ने अवस्थामा २०६६ सालमा जीवनको आश मैले मारिसकेको थिएँ  तर कोषले आपसी सहयोग मार्फत् ५ लाख रुपैँया उपलव्ध गरायो र उपचारप्रति सकारात्मक हुन उत्प्रेरित गरेकैले मैले पुनर्जिवन प्राप्त गरेको हुँ ।'

४० वर्ष अघि पियन कर्मचारीलाई चश्मा किन्न सहयोगबाट सुरु गरिएको कोषको गतिविधिमा चश्मा अनुदानलाई अहिलेपनि निरन्तरता दिएको छ । त्यस्तै, कोषमार्फत् शैक्षिक प्रोत्साहन पुरस्कार, खेलकुद प्रतियोगिता, प्रसुती सहयोग, असाध्य रोगबाट पीडितलाई नगद सहयोग हुँदै आएको छ ।  २०७२ सालको भूकम्पबाट अति पीडित कर्मचारीहरुलाई कोषले एकलाख एघारहजार रुपैँया सहयोग गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो