७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भक्तपुरको गठ्ठाघरमा बाजेको सेकुवाको शाखा खुल्यो

४ मंसिर २०७६, बुधबार ०९:३१

मंसिर ४,  भक्तपुर । बाजेको सेकुवाले भक्तपुरमा पहिलो शाखा संचालनमा ल्याएको छ । सेकुवा पारखीहरुलाई मौलिक नेपाली स्वाद पस्कँदै आएको ‘बाजेको सेकुवा’ ले भक्तपुरको गठ्ठाघरमा आजबाट शाखा सञ्चालनमा ल्याएको हो । 

बाजेको सेकुवाको भक्तपुरमा यो पहिलो शाखा हो । उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा बाजेको सेकुवाका निर्देशक श्रीमती नितिमा कार्की र स्थानीय समाजसेवी श्रीमती सरस्वती थापाले उट्घाटन  गरिन् ।


बाजेको सेकुवा ब्रान्डमा रेस्टुरेण्ट सञ्चालन गर्न इच्छुक लगानीकर्ताको पहिचान र फ्राञ्चाइज सम्झौता गर्ने काम बाजेको भेन्चर प्रा.लि.ले गर्दै आएको छ । यो कम्पनीले कुनै पनि सहरमा रेस्टुरेण्ट सञ्चालनमा ल्याउनु अघि स्थानीय बजारमा उपभोक्ताको खर्च गर्ने प्रवृत्ति, स्थानीय रेस्टुरेण्ट सञ्चालनको सम्भाव्यता अध्ययन गरेर सम्भावना रहेको ठाउँमा मात्र फ्राञ्चाइज विस्तारलाई प्राथमिकतामा पार्ने गरेको छ । मुख्य व्यापारिक सहरमा बढ्दो उपभोग र बजार मागलाई लक्षित गरी बाजेको भेन्चर प्रा. लि. ले फ्राञ्चाइज मोडलमा रेस्टुरेन्ट सञ्जाल विस्तारलाई अगाडी बडाइरहेको छ । नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडा र नेपाल बाहिर अमेरिकामा थप केही, अस्ट्रेलिया, जापान र बेलायतमा आगामी केही वर्ष भित्र रेस्टुरेन्ट सञ्जाल विस्तार गरिसक्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

विगत ३ महिनाको अन्तरालमा बाजेको सेकुवाको नयाँ फ्राञ्चाइजहरु ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा सञ्चालनमा आए लगत्तै भक्तपुरको गठ्ठाघरमा पनि सञ्चालनमा आएको छ । उपत्यका बाहिर पोखरा, चितवन र बुटवलमा फ्रान्चाइज मोडेलमा रेस्टुरेन्ट सञ्चालन भइरहेको छ भने अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रुपमा फ्राञ्चाइज सञ्चालनमा छ ।

दक्ष युवाहरुलाई उद्यमी बन्न प्ररीत गर्दै देशभित्रै रोजगारी सिर्जना गर्ने उद्धेश्य राखेको कमपनीले गठ्ठाघर स्थित बाजेको सेकुवाको फ्राञ्चाइज अमित दाहाल, प्रशान्त गीरी, पविन थापा लगायतलाई दिएको हो । उक्त फ्राञ्चाइजमा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएका छन् ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर ३ ओटा, उपत्यका भित्र ९ ओटा र अमेरिकामा २ ओटा गरी हाल १४ ओटा आउटलेटहरु सञ्चालनमा छन् । ती मध्ये अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीमा सबै लगानी कम्पनीका प्रवद्र्धकको छ भने बाँकी सबै फ्रान्चाइज हुन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल