२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जीवन बीमा कम्पनीको नाफा २७.६०% ले बढ्यो

२०७६, ५ मंसिर बिहीबार ०९:१३

मङ्सिर ५,काठमाडौं | चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १९ वटा जीवन बीमा कम्पनीहरुको नाफा  २७.६० प्रतिशतले बढेको छ | चालु आवको पहिलो त्रैमासमा १ अर्ब ६४ करोड ८ लाख २६ हजार ५८८ रुपैयाँ जीवन बीमा कम्पनीहरुले नाफा आर्जन गरेका छन् |

 गत आवको सोहि अवधिमा ८३ करोड ४४ लाख ८२ हजार ६२५ रुपैयाँ मात्रै रहेको थियो | १९ वटा बीमा कम्पनीमा सबै भन्दा बढी नाफा कमाउनेमा नेपाल लाइफ इन्स्योरेन्सले २० करोड ४४ लाख ३२ हजार २७९ रुपैयाँ नाफा आर्जन गरेको छ |

यस्तै बढी नाफा कमाउने दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ११ करोड ५३ लाख ९६ हजार ७९३ रुपैयाँ आर्जन गरेको छ | प्रतिशतको आधारमा हेर्दा सबैभन्दा बढी राष्ट्रिय बीमा संस्थाको २९५.७७ प्रतिशतले नाफा बढेको छ | यस्तै यूनियन लाइफको १८४.५७, एसियनको १३७.४४ र सिटिजन्स लाइफको १२८.१५ प्रतिशतले बढेको छ | लाइफ इन्स्योरेन्स कर्पोरेशन, आईएमई लाइफ, सानिमा लाइफ इन्स्योरेन्सको नाफा घटेको छ |

यस्तै जीवन बीमा कम्पनीहरुको खुद बीमा शुल्क आर्जन पनि ६५.८५ प्रतिशतले बढेको छ | गतवर्षको पहिलो त्रैमासमा महालक्ष्मी लाइफ इन्स्योरेन्स संचालनमा आएको थिएन । १९ वटा जीवन बीमा कम्पनीमा सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो