२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोकिएको पुल छिटो बनाउन दबाब

२०७६, ६ मंसिर शुक्रबार ०३:३०

मङ्सिर ६, रामपुर | प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । 

रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको जनाएको छ । 

बिहीबार पुट्टारमा बसेको रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिको बैठकले पुल निर्माण दबाब समिति गठन गरेको हो । समितिमा दानस मल्ल, दानबहादुर शाही, शिवराज सिग्देल र नारायण मल्ल रहेका छन् । 

रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले पटक पटक हिउँद लागिसकेकाले निर्माण छिटो थाल्न भने पनि बेवास्ता गरेकाले पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन दिनभित्र काम थालनी नगरे सम्बन्धित निकायमा दबाबका लागि जाने निर्णय गरेको छ । 

गत मङ्सिरदेखि निर्माण थालेको पुलको २१५ मिटर लम्बाइ पाँचवटा पिल्लर सहितको नौ मिटर चौडा भएको पुल ३ वर्षभित्र सक्ने सम्झौता भए पनि नदीको एकापट्टि एउटा मात्रै पिल्लर उठाएर अलपत्र पारिएको उपभोक्ता समितिका सचिव दानस मल्लले बताउनुभयो । उहाँका अनुसार काली नदीमा बर्सातको समयमा काम गर्न समस्या हुने कारण केही समयका लागि रोकिएको थियो तर हिउँद लाग्दासमेत शुरु नगरेपछि समयमै काम सम्पन्न नहुने चिन्ता स्थानीयवासीको छ ।

करिब रु २८ करोडको लागतमा ३ वर्षभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा पाएको युनाइटेड विल्डर्स कम्पनीले बर्सातको कारण देखाउँदै गत असारदेखि काम ठप्प पारेको हो । प्रदेश नं ५ का गाउँघरमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउन तथा गण्डकी प्रदेशसँग सिधा सम्पर्क बढाउन यस क्षेत्रमा पुल निर्माण गर्न लागिएको छ । कालीगण्डकी करिडोर नजीकैबाट बन्ने पुलले यस क्षेत्रका नागरिकलाई अन्य क्षेत्रसँग जोडिन सहज हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा