७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोकिएको पुल छिटो बनाउन दबाब

६ मंसिर २०७६, शुक्रबार ०३:३०

मङ्सिर ६, रामपुर | प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । 

रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको जनाएको छ । 

बिहीबार पुट्टारमा बसेको रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिको बैठकले पुल निर्माण दबाब समिति गठन गरेको हो । समितिमा दानस मल्ल, दानबहादुर शाही, शिवराज सिग्देल र नारायण मल्ल रहेका छन् । 

रामपुर–पुट्टारघाट मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले पटक पटक हिउँद लागिसकेकाले निर्माण छिटो थाल्न भने पनि बेवास्ता गरेकाले पाँच सदस्यीय प्रतिनिधिमण्डल गठन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार अबको तीन दिनभित्र काम थालनी नगरे सम्बन्धित निकायमा दबाबका लागि जाने निर्णय गरेको छ । 

गत मङ्सिरदेखि निर्माण थालेको पुलको २१५ मिटर लम्बाइ पाँचवटा पिल्लर सहितको नौ मिटर चौडा भएको पुल ३ वर्षभित्र सक्ने सम्झौता भए पनि नदीको एकापट्टि एउटा मात्रै पिल्लर उठाएर अलपत्र पारिएको उपभोक्ता समितिका सचिव दानस मल्लले बताउनुभयो । उहाँका अनुसार काली नदीमा बर्सातको समयमा काम गर्न समस्या हुने कारण केही समयका लागि रोकिएको थियो तर हिउँद लाग्दासमेत शुरु नगरेपछि समयमै काम सम्पन्न नहुने चिन्ता स्थानीयवासीको छ ।

करिब रु २८ करोडको लागतमा ३ वर्षभित्र सो पुलको निर्माण कार्य सम्पन्न गर्ने गरी जिम्मा पाएको युनाइटेड विल्डर्स कम्पनीले बर्सातको कारण देखाउँदै गत असारदेखि काम ठप्प पारेको हो । प्रदेश नं ५ का गाउँघरमा उत्पादित कृषि उपजलाई बजारसम्म पुर्याउन तथा गण्डकी प्रदेशसँग सिधा सम्पर्क बढाउन यस क्षेत्रमा पुल निर्माण गर्न लागिएको छ । कालीगण्डकी करिडोर नजीकैबाट बन्ने पुलले यस क्षेत्रका नागरिकलाई अन्य क्षेत्रसँग जोडिन सहज हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल