२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडी ‘न्यूनतम खाद्य असुरक्षित क्षेत्र’,तिन महिना सम्म पनि खान नपुग्ने,कुन-कुन स्थान परे ?

२०७६, ९ माघ बिहीबार ०८:०५

माघ ९, बैतडी | बैतडीका विभिन्न क्षेत्र न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा रहेका छन्। तीन महिनासम्म पनि बारीमा उत्पादित अन्न खानका लागि नपुग्ने क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

साविकको जिल्ला कृषि विकास कार्यालयले तीन वर्ष अघि गरेको अध्ययन अनुसार बैतडीका महाकाली, पञ्चेश्वर, शिवनाथ, कुलाउ, सिगास, थालाकाँडा, ढुङ्गाड क्षेत्रलाई न्यूनतम खाद्य असुरक्षित क्षेत्रका रुपमा राखिएको छ। पछिल्ला तीन वर्षयता पनि खाद्यान्न उत्पादनमा सुधार नआएकाले ती क्षेत्र खाद्यान्न असुरक्षित रुपमा रहेको निमित्त प्रमुख चन्दले बताए। पछिल्लो समयमा खडेरी, जङ्गली जनावरलगायतका कारणले बालीनालीमा क्षति पुगेपछि खाद्यान्न उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

स्थानीयले खेत बाँझै छोडेकाले खाद्यान्न उत्पादनमा कमी आउन थालेको हो। जङ्गली जनावर र बाँदरका कारण खेत बाँझै छोड्नुपरेको दशरथचन्द नगरपालिका–५ का स्थानीय पुष्पा चन्दले बताए। उनले भने, “बारीमा लगाएको बाली बाँदरले सखाप पार्ने भएकाले खेत बाँझै छोड्न बाध्य भएका छौँ”, मुख्य खाद्यबालीको रुपमा रहेको मकैबाली पनि जङ्गली बदेलले नष्ट गर्न थालेपछि खाद्यान्न अभाव हुँदै गएको स्थानीयवासीरुले बताएका छन्।

खाद्यान्न पनि अपुग

यसैबीच जिल्लामा उत्पादित खाद्यान्न जिल्लावासीलाई अपुग हुने गरेको छ। पछिल्ला वर्र्षमा खाद्यान्न उत्पादनमा कमी आएसँगै जिल्लामा आवश्यक खाद्यान्न बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था आएको ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, “जङ्गली बँदेल तथा बाँदरका कारणले खेतीयोग्य जमिन बाँझै राख्ने प्रवृत्ति बढेपछि खाद्यान्न उत्पादनमा कमी आएको हो।” 

जिल्लामा वार्षिक ५० हजार ६७५ मेट्रिक टन खाद्यान्न आवश्यक परे पनि ४३ हजार ३४३ मेट्रिक टन मात्रै उत्पादन हुने गरेको छ। वार्षिक सात हजार ३३२ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको चन्दले बताए। बैतडीको मुख्य खाद्यबालीको रुपमा रहेको मकै उत्पादनमा कमी आउन थालेपछि खाद्यान्न अपुग हुन थालेको हो। पहिला पहिला थोरै आयात गर्नुपर्ने भए पनि पछिल्ला दश वर्र्षयता अपुग खाद्यान्नको परिमाण बढ्दै गएको चन्दको भनाइ थियो। 

मकैखेतीेको क्षेत्रफल घट्दै 

यस्तै मकैखेती गरिने जमिनको क्षेत्रफल घट्दै गएपछि उत्पादन पनि घट्दै गएको छ । कूल १४ हजार ५०० हेक्टर जमिनमा मकै खेती गरिँदै आएकोमा गत वर्र्ष १२ हजार २०० हेक्टर जमिनमा मकै खेती गरिएको छ। गत वर्षमा २३ हजार २०० मेट्रिक टन मकै उत्पादन भएकोमा यो वर्र्ष १९ हजार ७६४ मेट्रिक टन उत्पादन भएको छ। मकैबालीमा बाँदर र जङ्गली बँदेलले व्यापक क्षति पु¥याएकाले मकैको उत्पादन घटेको हो। धान उत्पादनमा भने केही वृद्धि भएको छ। गत वर्ष १६ हजार ९०० मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्र्ष १७ हजार मेट्रिक टन धान उत्पादन भएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा