Skip to content
Friday, July 17, 2026 Nepali Online Media

एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौं । लोकसेवा आयोगले एकैसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा खुला र बढुवाको दरखास्त खुलाएको छ ।

बुधबार आयोगले एक सूचना विज्ञापन खुला गर्दै निजामती सेवाका प्राविधिक तथा अप्राविधिक सहसचिव तथा उपसचिवसहित राष्ट्रिय मानव अधिकार सेवा र स्वास्थ्यसेवा तर्फ पनि सहसचिव तथा उपसचिवसहित सो श्रेणीका कर्मचारीका लागि आवेदन मागेको छ ।

यो आयोगको नियमित तालिका अनुसार प्रकाशित सूचना हो । निजामतीतर्फ प्रशासन, परराष्ट्र, लेखा परीक्षण, इन्जिनियरिङ, वन, कृषि, शिक्षा र विधिसेवाका पदमा आवदेन खुलेको हो ।

हेर्नुहोस् आवेदन :