पढ्न करिब 2 मिनेट लाग्छ

दान बहादुर बुढा | फागुन २, मुगु | कर्णाली राजमार्ग अन्तर्गत रहेको नाग्म गमगढी सडक खण्डको घुच्चीलेख सातमोडमा गएको मङ्सिर तेस्रो साताबाट परेको हिमपातले बन्द भएको सडम आजबाट सन्चालनमा आएको छ |

मङ्सिर तेस्रो साताबाट पटक -पटकमा हिउँपात हुदा नाग्म गमगढी सडक बन्द भएकाले मुगुको सदरमुकाम गमगढी बजार र हुम्लामा दौनिक उपभोग्य सामान बिकास निमार्णका सामानहरु कालिकोटको नाग्मा बजार ,जुम्लाको गोठीज्यूला र भुलभुलेमा थन्कीदा बजारमा सामाहरुको अभाव भएको थियो |

कुनै पनि निकायबाट बन्द सडक सन्चालन गर्न पहल नभएपछि मुगु उद्योग बाणिज्य संघको पहलमा,सडक डिभिजन कार्यालय जुम्लालाई बारम्बार अनुरोध गर्दा सडकमा जमेको हिउँ फाल्दा ,जिल्ला प्रशासन ,प्रहरी लगाएत अन्य सरोकार वाला निकायको पहलमा आज बाट बन्दा सडक सन्चालनमा आएको र अव गमगढी बजारमा दौनिक उपभोग्य सामान र बिकास निमार्णका सामान सहज रुपमा पाउनै भएको र बन्द सडक सन्चालनमा पहल गर्ने सबैलाई मुगु उद्योग वाणिज्य संघ मुगुका अध्क्षय कमल बहादुर बुढाले बताए |

बजारमा दैनिक उपभोग्य समान र बिकास निमार्णका सामानको अभाव नहुन दिनको लागि मङ्सिर तेस्रो साताबाट हिउँपातले बन्द भएको सडक संचालनको लागी सडक डिभिजन कार्यालय जुम्लालाई पहल गरी मुगु उद्योग बाणिज्य संघको पहलमा जिल्लाको सरोकार सबैको सहयोगमा आज रात भरी जमेको हिउँ पन्साएर आजबाट बन्द सडक सन्चालनमा ल्याउन लागिएको हो | आधा दर्जन भन्दा बढी माल बाहक गाढी सदरमुकाम गमगढी पास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालिले बताएका छन ।

यो बर्ष धेरै हिउँपाल हुदा लाम्रो समय सम्म नाग्म गमगढी सडक खण्ड बन्दा हुदा मुगुका व्यापारीहरु निकै मारमा परेको छन । सडक बन्द हुदा गमगढी बजारमा धेरै सामानको अभाव भएको थियो । आजबाट उद्योगी व्यापारी सरोकारवाला निकायको पहलबाट बन्दा सडक सन्चालनमा आउदा दैनिक उपभोग्य सामान बजारमा अभाव नहुने भएको हो |

लाम्रो समय देखि बन्दा सडक आजबाट सन्चालनमा आएको छ | बाक्लो हिमपात हुदा घुच्चीको सात मोडमा रहेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले १०, १२दिन लगाएर सडक सन्चालनमा ल्याएको केही दिन सम्म सडकको डोजर मेशिन पनि यही क्षेत्रमा रहि काम गर्ने भएको छ |

अबका कुनै निदमा पनि सडक बन्द नहुने गरि काम अघि बढी रहर्ने सडक डिभिजन कार्यालय जुम्लाका प्रतिनिधि साईट स.ईन्जीनियर जग्गी बिकले बताएका छन् |