पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन ४, ललितपुर | </b>सोमबार र बुधबार ललितपुरका केहि स्थानमा दिनभर बत्ती जाने भएको छ | पुल्चोक वितरण केन्द्रको पाटन फर्पिङ फिडरबाट वितरित ११ के भी लाइन अपग्रेडिङ गर्नुपर्ने भएकाले ५ गते सोमबार र ७ गते बुधबार बत्ती जाने भएको हो |<br></p><p>नेपाल विद्युत प्राधिकरण ललितपुरका अनुसार फर्पिङ फिडरको लाइनमा पर्ने ललितपुरका फर्सीडोल ,डकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत यस फिडरबाट सप्लाइ लिएका सबै क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बत्ति जाने छ |</p><p>तोकिएको काम निर्धारित् समय भन्दा अगाडी नै सम्पन्न भए अगावै बत्ति आउने प्राधिकरणले जनाएको छ |</p>

