पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २०, काठमाडौं | </b>मकवानपुरमा ६ किलो अवैध सुनसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् | <br></p><p>उक्त परिणाम बराबरको सुनसहित भारतीय नागरिक अब्दुल मजिद अनेकल पक्राउ परेको प्रहरीले जनाएको छ | काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँचका क्रममा हेटौंडा–१५ स्थित रातोमाटेमा सुन सहित प्रहरीले पक्राउ गरेको हो | </p><p>प्रहरीले आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ |</p>

