2026-10-26 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाखो र बाजो बारीमा स्याउ खेती गर्दै मुगुका कृषकहरु

दान बहादुर बुढा | फागुन २२, मुगु | मुगु जिल्लाको उत्तरी भेग सोरु गाँउपालिकामा बस्ने दर्जनौ बस्तीका कृषकहरु पाखो बारीमा व्यवसायिक स्याउ खेति सुरु गर्न थालेका छन् | सोरु गाँउपालिकामा रहेका यि बस्तीहरुमा बिगतमा कुनै प्रजातिका स्याउँका बिरुवा लगाउने गरिएको थिएँन | 

“आरसिडिसि नामक सस्थाले प्रतिघर न्युनतम ६० स्याउका बिरुवादेखी १ सय सम्म निशुल्क उपलब्ध गराएको छ | स्याउ लगाउर्ने खाडल बनाए वापत प्रति खाडल रु १ सय ५० रुपैया समेत दिएको हुँदा पहिलो पटक व्यवसायिक रुपमा स्याउ खेति गर्न लागेका छौ, सडक संजालपनि गमगढी बजारदेखी हाम्रो बस्ती सम्म पुगेको छ, सस्याउ खेतिबाट अब आत्मनिर्भर हुनकोलागी अघि बढ्ने सोरु गाँउपालिका वडा नम्बर १ धुपिका कृषक सुर शाहीले बताए |”

मुगुको कालै सिडी खनाया,जडेपानि,नार्थर्पु धुपी,नचार जवलधारा,गहताडी,बर्मा ,मसिनामेला,बर्मालापा खोलामा बिगत लामो समय देखि बाजो ,र आली रहेको १ सय ४३।७२ हेक्टरमा रहेको  जग्गमा  पहिलो पटक पाँच सय एघार घर परिवारलाई ४३ हजार ५सय स्याउका बिरुवा उपलब्ध गराइएको छ |

बिगतमा सरकारी निकाय र अन्य कुनै पनि निकायबाट यस क्षेत्रमा स्याउ खेति नगरेको हुँदा विश्व खाद्य कार्यक्रम र डब्लु एफ पिको आर्थिक सहयोग र ग्रामिण सामुदायक बिकास केन्द्र मुगु द्वारा सन्चालित जलवायू अनुकुलन तथा खाद्या सुरक्षा अन्तर्गत जीविकोपार्जन कार्यत्रलम अन्तर्गत खाद्या शुरक्षामा टेवा पुराउर्ने, जलवायू परिवतनलाई न्यूनिकरण गर्ने, पोषणमा परिवतन ल्याउर्ने स्थानिय मानिसको आयआर्जनमा परिवर्तन ल्याउर्ने हिसाबले यस क्षेत्रका कृषकहरुलाई स्याउ उत्पादन सुरक्षा, र जलवायू परिवर्तनबाट हुर्ने असर,खाद्या शुरक्षाबारे तालिम समेत दिईएको आरसीडिसी मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले जानकारी दिए |

कृषकहरुलाई तालिम गोष्टी,सेमिना,स्याउका खाडल निमार्ण,पानि पोखरी,स्याउका बिरुवा खरिद ढुवानि, लगाएत सबै क्षेत्रलाई जोडेर यस आयोजनाको कुल २ करोड८७लाख९९हजार नै सय ८८रुपैया रहेको समेत कार्यकारी निदेशक जर्मन नेपालीले बताएका छन |

‘जिजु बाजेको पालादेखी स्याउखेति नगरेको यस हाम्रो ठाँउमा अहिलो आसिडिसी नामक सस्थाले निशुल्क स्याउका बिरुवा दिएको छ । सस्थाले दिएका सबै ५सय बिरुवा लगाई सकेको छु । स्वाउका बिरुवालाई सुरक्षाका साथ रेख देख गरेर व्यवसायिकरुपमा स्याउ फलाउर्ने छु,| स्थानिय कृषक धिर बहादुर शाहीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने