Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ताल्चा विमान स्थल लगाएत तिन ठाउँमा हेल्थ डेस्क सञ्चालनमा

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | फाल्गुन २९, काठमाडौँ | हिमाली जिल्ला मुगुमा नोवल कोराना भाईरसलाई भित्रिन नदिन रारा ताल्चा विमान स्थलमा हेल्थ डेस्क सञ्चालन गरिएको छ । चीन सहित १ सय १ राष्ट्मा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण बाट बच्न हेल्थ डेस्क सञ्चालन गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।

आइतबार बिहानबाट हेल्थ डेस्क सञ्चालनमा आएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका डा. तथा कार्यालय प्रमुख निर्मल नगरकोटीले बताए | प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाको स्वास्थ्य परिक्षण गरी शुरु भएको हेल्थ  डेस्क सञ्चालनमा आएको हो । हेल्थ डेस्क सञ्चालनमा मुगुका केही नाका छायानाथ रारा नगरपालिका वडा नं १३ बाम र छायानाथ रारा नगरपालिका वडा नं ७ पिनामा पनि हेल्थ डेस्क सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए ।

अरु भन्दा जिल्लाका यि तीन नाकामा बढि मात्रामा मानिसहरुको आवतजावत हुने भएकोले स्वास्थ्य परिक्षण गरेर यदि कोही कसैमा यस्तो समस्या देखा परेमा तुरुन्तै जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा रिफर गरिने निरौलाले बताए । जिल्लामा भित्रिने यात्रुहरुको स्वास्थ्य परिक्षण गरिने जनाईएको छ । जिल्ला आउने र जिल्ला बाट बाहिरीने यात्रुमा कुनै लक्षण देखिएमा १५ दिन सम्म क्वारेन्टाईनमा राखिने डा. नगरकोटीको भनाई रहेको छ ।

उनले भने जिल्ला अस्पताल मुगुले त्यस्ता लक्षण देखिएका विरामी राख्न छुट्टै क्वारेन्टाईन भवनको व्यवस्था रहेको जानकारी दिएका छन् । सदरमुकाम मात्र नभएर सिमा जोडीएका खत्याड गाउपालिका , सोरु गाउपालिका र मुगुमकार्मारोङ्ग गाउपालिकामा पनि हेल्थ डेस्क सञ्चालनका लागि निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ |