योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नद"/>
१९ माघ २०८२, आईतवार
अर्थ/विकास

एमालेका कारण अरुण नदीको कात्तिके घाटमा फेरी निर्माणको विवाद

१ श्रावण २०७३, शनिबार १९:५९

योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नदीको कात्तिके घाटमा बन्न लागेको फेरीलाई रोक्न खोजेको आरोप सञ्चार मन्त्री शेरधन राईमाथि लागेको जानकारी आएको छ । 

फेरी निर्माणका लागि टेण्डर प्रक्रिया पूरा भएर हाल कार्यान्वयनको चरणमा छ । तर, एमाले नेता समेत रहेका राईले सडक बिभागमा अनावश्यक दबाब दिएर त्यसलाई रोक्न खोजेको स्थानीयबासीले आरोप लगाएका छन् । लेगुवा घाटमा रहेको प्रयोगविहीन फेरीलाई कात्तिके घाटमा लैजानका लागि सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा व्यक्तिगत रिसिबिका आधारमा मन्त्री राईले आफ्नो पदको दुरुपयोग गर्दै सुनबालुवा लान सडक बिभागका कर्मचारीलाई दबाब दिएको खुल्न आएको छ । लम्छुवा घाटको पुल लामो समयदेखि अलपत्र हुदा संखुवासभा र भोजपुरको उत्तरी र पूर्वी क्षेत्र देउराली, बोया, कुलुङ्, साङपाङ,कुदाककाउले, केउरेनिपानी, मुलपानी, तुङ्गेछा, नेपालेडाँडा, खार्तम्छा लगायतका २० गाविसका साथै  सोलुखुम्बुका हजारौं नागरीकले सास्ती खेपर्दै आएका छन् । मन्त्री राईले पटक-पटक फेरी रद्ध गरी सुनबालुवामा लैजान दबाब दिएपछि दिङ्ला लगायत २० गाविसका नागरीकले राईले जनविरोधी र विकास विरोधी कलम चालेको आरोप लगाएका छन् । उनीहरुले निर्णय भैसकेर कार्यन्वयनको चरणमा रहेको फेरी अन्यन्त्र सार्न दबाव दिनु जनहित विपरित भएको भन्दै आक्रोश पोखे । 

दिङ्लाका नागरीक अगुवा शम्भु अधिकारीले मन्त्री राईको जनविरोधी कदमको समयले मूल्यांकन गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार