2026-08-31 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना सङ्क्रमण नियन्त्रण र राहतका लागि पूर्वी चितवनमा ८० लाखको कोष

चैत १६, चितवन | पूर्वी चितवनका चार नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र राहतका लागि कोष खडा गरेका छन् । चार नगरपालिकाका प्रमुखको उपस्थितिमा शनिबार सम्पन्न बैठकले सम्भावित प्रकोप व्यवस्थापनका लागि रु ८० लाखको कोषसमेत खडा गरेको छ । प्रत्येक नगरपालिकाले कोषमा रु २० लाख जम्मा गर्नेछन् । 

बैठकले रत्ननगर नगरपालिका प्रमुख नारायण वनको संयोजकत्वमा खैरहनी नगरप्रमुख लालमणि चौधरी, कालिका  नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ र राप्ती नगरपालिका प्रमुख प्रभा बराल सदस्य तथा रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेल सदस्यसचिव रहेको एक समिति गठन गरेको हो । 

सो समितिले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण, राहत वितरणलगायत अन्य व्यवस्थापनको काम गर्ने समितिका संयोजक वनले बताउनुभयो । सोही समितिमार्फत राहत वितरण तथा स्वास्थ्य सामग्री खरिदको काम एकद्धार प्रणालीबाट गरिनेछ । 

बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोवल उच्च राख्न आवश्यक सामग्री खरिद गरी सहयोग गर्ने समेत निर्णय गरेको छ । प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, वाग्मती भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल र कञ्चन खनाललाई सो समितिको सल्लाहकार राखिएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगरका अध्यक्ष कुलप्रसाद लामिछाने, नेपाली काँग्रेस रत्ननगर सभापति रुपनराज घिमिरे, चार नगरका केही वडाध्यक्षको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला