2026-09-18 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भुल्के त्रियुगा क्षेत्रमा जाँच गर्न उपकरण अभाव

वैशाख १०, उदयपुर | तीव्ररूपमा कोरोना भाइरस फैलिएर २४ सङ्क्रमित पुगेको उदयपुर जिल्ला त्रियुगा नगरपालिका–३ भुल्के क्षेत्र र त्रियुगा नगर आसपास क्षेत्रमा अहिले थप अन्य व्यक्तिको जाँच गर्ने उपकरण अभाव भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार तीव्ररूपमा भुल्के र त्रियुगा क्षेत्रमा कोरोनाको सङ्क्रमण फैलदै गएको भए पनि सबै स्थानीय नागरिकको स्वाब नमूना सङ्कलन गर्न विभिन्न उपकरणको अभाव हुँदा समस्या रहेको हो । स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार उदयपुरको मात्र नभएर नेपालकै कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको भुल्के गाउँमा अहिले ५६ घर मुस्लिम र अन्य समुदायका २२५ घर गरेर झण्डै ६५० जनसङ्ख्या रहेको छ तर अहिलेसम्म प्रदेश जनस्वास्थ्य विभागबाट ६९ र नेपाली सेनाबाट २५० गरेर ३१९ जनाको मात्र स्वाब नमूना सङ्कलन गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ । तीन सय १९ जनाको स्वाब नमूना परीक्षण गर्दा २४ मा सङ्क्रमण देखिएका कारण अन्य स्थानीय बासिन्दाको पनि स्वाब नमूना सङ्कलन गर्नुपर्ने देखिएको र दबाब भए पनि सोहीअनुसार आइरहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

कोरोनासम्बन्धी स्वाब नमूना सङ्कलन गर्ने कुनै उपकरण नभएको कारण प्रदेश र सङ्घीय सरकारको मुख ताक्नुबाहेक विकल्प नरहेको पनि स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख सुवेदी बताउनुहुन्छ । अहिले भुल्केवासी र गाईघाट बजारवासीले दिनानुदिन कोरोनाको सङ्क्रमण स्थानीयवासीमा देखिने र पुष्टि हुँदै गएपछि छिटोभन्दा छिटो सबै अन्य स्थानीयवासीको पनि स्वाब नमूना सङ्कलन गरेर परीक्षण गर्नुपर्ने माग गरेका छन् ।

भुल्केमा अहिले कोरोना सङ्क्रमित भएका २४ मध्ये १० जना सोही स्थानका स्थानीय बासिन्दा रहेको र धेरै भुल्केका कोरेना सङ्क्रमित स्थानीयवासी गाईघाट बजारमा विभिन्न पसल सञ्चालन गर्ने र सब्जी व्यापार गर्ने गरेको गाईघाट वडा नं १२ का वडाध्यक्ष जयविक्रम राई बताउनुहुन्छ । अब भुल्केमात्र नभएर कोरोनाको आशङ्कामा सम्पूर्ण गाईघाटवासीको स्वाब नमूना सङ्कलन गर्नुपर्ने अवस्था आएको र आफूहरुको माग रहेको गाईघाटका स्थानीयवासी बताउँछन् ।

यता त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले भने आवश्यक परे नगरका अन्य क्षेत्रका नागरिकमा पनि कोरोनासम्बन्धी परीक्षण गराउन आफूले अहिले प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिरहेको बताउनुभयो । उदयपुरमा अहिले भुल्के क्षेत्र मात्र नभएर जिल्लाको चौदण्डी नगरपालिकाको सिवाइको मस्जिद क्षेत्र, जामे मस्जिद र त्रियुगा नगरपालिकाकै देउरी मस्जिदमा समेत भित्रभित्रै कोरोना फैलिएको हुनसक्ने कारण पनि तीव्ररूपमा कोरोना परीक्षणका लागि उपकरण आवश्यक रहेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।  कोरोना जाँच र स्वाब नमूना सङ्कलन गर्ने उपकरण र सामग्री अभाव रहेको उहाँले बताउनुभयो । 

गत शुक्रबारमात्रै भुल्केको नुरी मस्जिदमा लुकेर बस्दै आएका १२ भारतीय मुस्लिम नागरिकमा पहिलोपटक कोरोनाको सङ्क्रमण देखिएको थियो । यस्तै बिराटनगर घर भई भुल्केमा अस्थायीरूपमा बस्दै आएका अर्का नेपाली नागरिकमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने मङ्गलबार बिहान भुल्केका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मङ्गलबार बेलुकी तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय उदयपुरले बताएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई