2026-09-08 03:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भैँसे–भीमफेदी सडक चौडा बनाइँदै

वैशाख १७, हेटौडा | हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान गरेको छ । 

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयले रु ६५ करोडको लागत अनुमान तयार पारी बोलपत्र आह्वान गरेको हो । निर्देशनालयका अनुसार चालू आर्थिक वर्षभित्र ठेक्का प्रक्रिया तथा सम्झौतासमेत सम्पन्न गरेर आर्थिक वर्षको अन्त्य वा नयाँ आर्थिक वर्षको शुरुआतमा काम शुरु गर्ने गरी प्रक्रिया अगाडि बढाइएको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ६० दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी निर्माणको चरणमा प्रवेश गरिने योजना रहेको छ । सडकलाई १० मिटरको चौडा बनाएर पक्की नाला निर्माण गरी सात मिटरलाई कालोपत्रे बनाइने गरी बोलपत्र आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । 

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा साना सवारीलाई मात्र आवतजावत गर्न मिल्ने चार मिटरको साँघुरो सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएकामा खुशी लागेको बताउनुहुन्छ। यसले भीमफेदीको सुन्दर भविष्य निर्माणमा मद्दत पुर्याउने उहाँको भनाइ छ । उहाँले यस प्रक्रियामा योगदान दिनुभएकामा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलप्रति आभार व्यक्त गर्नुभयो ।

उक्त मार्गको भीमफेदी–देउराली तथा देउराली–कुलेखानी सडकखण्ड एवं इन्द्रसरोबर गाउँपालिकादेखि काठमाडौँको छैमले क्षेत्रमा समेत निर्माण तथा स्तरोन्नतिको काम भइरहेको निर्देशनालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ