2026-09-08 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रारम्भिक आइसोलेसन सेन्टरमा शौचालय तथा स्नान घर निर्माण

दान बहादुर बुढा | असार ५, मुगु | बिश्व महामारि कोभिड १९ले थला परेको बेला नेपालमा पनि कोरोना संक्रमितको संख्या निकै बढी रहेको  छ । यसै अवस्थामा यसको रोकथामको लागी मुगुको छायाँनाथ रारा नगरपालिकाको जिल्ला कारागार भवनमा रहेको प्रारम्भिक आईसोलेसन सेन्टरमा सरसफाइ सामग्री सहित लैगिङ्कमैत्री शौचालय तथा स्नान घर निर्माण गरिएको छ । 

५० बेडको प्रारम्भिक आइसोलेसन सेन्टरमा ४ वटा लैगिङ्कमैत्री शौचालय तथा २ वटा स्नानघर निर्माण गरिएको जिल्ला बिपद व्यवस्थापन समितिका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी मुगुका सभापति जय बहादुर मल्लले जानकारी दिनुभयो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण भारतमा अलपत्र परेका नागरिकलाई मुगु जिल्लाका ४ वटै स्थानीय तहले उद्धार गरी ल्याउने क्रम जारी छ । भारत तथा बाहिरी जिल्लाबाट आउने नागरिकहरु कोरोना संक्रमित हुनसक्ने अवस्थालाई ध्यानमा राखी पूर्व तयारी स्वरुप  जिल्ला बिपद व्यवस्थापन समितिको अगुवाईमा निर्माण गरिएको प्रारम्भिक आइसोलेसन सेन्टरमा खानेपानी तथा सरसफाइलाई मध्यनजर गर्दै सरसफाइ सामग्री सहितका ४ वटा लैगिङ्कमैत्री शौचालय तथा २ वटा स्नान घर निर्माणमा सहयोग गरिएको गैर सरकारी संस्था हिमाली ग्रामीण युवा समाज बिकास केन्द्र (हिरिसडेक) मुगुका कार्यकारी निर्देशक मिनबहादुर रावलले जानकारी दिनुभयो ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट आव्हान गरिएको मुगुका सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनु भयो । ‘कोरोना भाइरसको महामारीले विश्व नै आतंकित भईरहेका बेला सरकारी, गैर सरकारी कार्यालय, नागरिक समाज, रेडक्रस, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा अन्य सहयोगी निकायहरु एकताबद्ध भएर कोरोना विरुद्धको लडाईमा जुट्न आव्हान गर्दछु’ सहायक प्रमुख जिल्ला अधिकारी ज्ञवालीले भन्नुभयो ।

ज्ञवालीका अनुसार मुगु जिल्लामा खासै अन्य जिल्लाको जस्तो मुगुमा कोरोनाको संक्रमीतहुर्नेको संख्या बढ्दो नभए पनि पूर्व तयारीको लागी स्थानिय तहहरु र जिल्लाका सबै सरोकार वालाहरु संग सहकार्य गरि अघि बढीरहेको समेत बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल