२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गैँडाकोटलाई बाँझो जग्गारहित नगर बनाइने, बजेट ७१ करोड ३२ लाख

२०७७, ११ असार बिहीबार ०४:५३

असार ११, भरतपुर । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ७१ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ । बुधबार सातौँ नगरसभामार्फत उपप्रमुख विष्णुकुमारी कँडेलले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाले आन्तरिक स्रोतबाट रु नौ करोड ४० लाख ५० हजार र सङ्घ तथा प्रदेशबाट प्राप्त अनुदानबाट रु ६१ करोड ९१ लाख ५० हजार ४९७ आयको अनुमानगरेको छ । नगरपालिकाले कार्यालय प्रशासनिकखर्चतर्फ रु ११ करोड ६५ लाख, आर्थिक विकासतर्फ रु एक करोड ६५ लाख र सामाजिक विकासतर्फ रु तीन करोड ९० लाख बजेट विनियोजन गरेको छ । त्यस्तै पूर्वाधार विकासमा रु दुई करोड ८४ लाख, वातावरण तथा विपद्मा रु एक करोड ५० लाख, संस्थागत विकास  तथा सेवा प्रवाहमा रु ३० लाख रकम छुट्याइएको छ । 

नगरपालिकाले १८ वडालाई रु १२ करोड ९० लाख बजेट विनियोजन गरेको छ । आन्तरिक राजस्वको स्रोत जुटाउन नगरपालिकाले गैँडाकोट नगरभित्र कर शिक्षा अभियान, नगर कार्यपालिकाको कार्यविधिनिर्माण गरी घर जग्गाबहाल कर र व्यवसाय कर असुलगर्ने उपप्रमुख कँडेलले बताउनुभयो । 

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरपालिकाले कोभिड १९ को जोखिम तथा सोबाट सृजित स्वास्थ्य समस्या न्यूनीकरणमा जोड दिएको बताउनुभयो ।  उहाँले कोभिड १९ प्रभावितलाई रोजगार र कृषि उत्पादनमा विशेष जोड दिएको जानकारी दिनुभयो ।

बाँझो जग्गारहित नगर बनाउने अभियानका साथ हरेक वडाभित्र रहेका उत्पादनविहीन जग्गालाई उत्पादनमुखी कार्यान्वयनमा जोड दिई कृषि प्रवद्र्धनात्मक कार्यक्रम अगाडि बढाइने प्रमुख पौडेलले बताउनुभयो । कालीगण्डकी करिडोर, बिपी अन्तर्राष्ट्रिय खेल ग्राम, नारायणी नदी किनारमा पर्यापर्यटन मार्ग, गरिबीमुक्त गैँडाकोट अभियान, एक वडा एक विशिष्टीकरण उत्पादन, साहित्य संस्कृतिकला र पर्यटनको विकास, मनमोहन राष्ट्रिय रङ्गशाला निर्माण नगरपालिकाको प्राथमिकतामा छन् ।

नगरभित्र खाद्यान्न र नगदेबालीको पकेट क्षेत्र स्थापना, कृषि तथा पशु हाटबजार स्थापना, किसानलाई उन्नत बीउ वितरण, घाँस  र प्रविधि प्रदान, दुग्ध उत्पादनमा किसानलाई प्रोत्साहान गर्ने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । ‘मेरो फोहोर, मेरै व्यवस्थापन’ अयिभानलाई प्रभावकारी बनाउँदै जनताको घरदैलोमा मेयर कार्यक्रम सञ्चालन गरेर नगरवासीसँग संवाद  र  गुनासो सुन्ने प्रमुख पौडेलले बताउनुभयो । सुत्केरी आमा पोषिलो खाना कार्यक्रम, शिक्षित छोरी सक्षम घर र बालउद्यान र बालमैत्री खेलकूद मैदान कार्यक्रम नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै गैँडाकोटलाई ‘शैक्षिक हब’का रुपमा विकास गर्दै सामाजिक सङ्घसंस्था एवं सहकारीको विकास गरिने जनाइएको छ । कनेक्टिङ गैँडाकोट, स्मार्ट गैँडाकोट र निजी क्षेत्रको लगानीमा मौलाकालिकामा केबुलकार निर्माण गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले बताउनुभयो ।

गैँडाकोट क्षेत्रभित्र सफा र स्वच्छ खानेपानीको व्यवस्था, कच्ची सडकको स्तरोन्नति गर्दै कालोपत्रे सडकको मर्मत गरी खाल्डाखुल्डीमुक्त बनाउने नगरपालिकाको योजना छ । एक घर एक बिरुवा, एक वडा एक हरियालीपार्क नगरपालिकाको प्राथमिकतामा छ । 

नारायणी नदी किनारमा स्नानस्थल र शवदाहस्थललाई थप व्यवस्थित गर्दै लैजाने र नारायणी तटीय क्षेत्रको व्यवस्थापन प्रक्रियालाई वैज्ञानिकरुपमा अघि बढाइने नीति अघि सारिएको छ । गैँडाकोट चक्रपथ र नगरभित्र विद्युत् विस्तरलाई पूर्णता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नदी तथा खोलाको कटान र बाढी नियन्त्रणमा नगरपालिकाले काम गर्नेछ । भौगोलिकरुपमा विकट रहेका वडा नं ३, १४ र १८ लाई पूर्वाधार विकास सेवा प्रवाह सहजीकरणका लागि नगरपालिकाले प्राथमिकता दिएको छ ।

यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले निर्देशित गरेका कर, दस्तुर सेवा शुल्कका क्षेत्रको दायरा फराकिलो गर्दै नगरको स्रोत परिचालनमा सबै क्षेत्र र वर्गका नगरवासीले आफ्नो क्षमताअनुसार योगदान गरेको महसुस गराइने नीतिगत व्यवस्थ गरेको नगरपालिकाले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी