Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

लमजुङको नाल्मा गैरीगाउँमा एक घर एक धारा

By साझासवाल 3 मिनेट पढाइ

असार ११, लमजुङ। बेँसीशहर नगरपालिका –५ नाल्मा गैरीगाउँमा एक घर एक धारा जडान गरिएको छ । नगरपालिकाले सो अभियानलाई तीव्रता दिँदै ४२ घरधुरी रहेको नाल्मा गैरीगाउँमा घरघरै धारा पुर्याएको छ ।

एक घर एक धारा खानेपानी आयोजनाको बुधबार उद्घाटन गर्दै  नगरपालिका प्रमुख गुमानसिंह अर्यालले खानेपानीको अभाव र समस्या भएका सबै ठाउँमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।  वडाध्यक्ष अध्यक्ष बमबहादुर गुरुङले घरघरमै धारा जडानले वडाबासीको समय बचत हुनाका साथै सहज बनाएको बताउनुभयो । पहिला सार्वजनिक धारामा सबै गाउँलेले पालो कुरेर पानी भर्ने गरेकामा अहिले   घरमै धारा जडान गरेर पानी प्रयोग गर्न पाउँदा धेरै खुशी लागेको स्थानीयवासी मनराज परियारले बताउनुभयो ।

नगरपालिकाले चालु वर्षको बजेट रु आठ लाख र श्रमदान रु दुई लाख  ८१ हजार बराबर गरी रु १० लाख ८१ हजारमा गैरीगाउँमा घरघरमै खानेपानीको धारा पुर्याएको हो । एक घर एक धारा अभियानबाट ४२ घरपरिवार लाभान्वित भएका छन् । उक्त वडामा गत वर्ष दलितबस्तीका १९ घर र घरेडीकोँका नौ घरमा एक घर एक खानेपानी जडान गरिएको थियो । रासस