2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाँझो जग्गा राख्नेलाई जरिवाना

असार ११, ललितपुर । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ मा बाँझो जग्गा राख्ने नगरवासीलाई आनामा रु एक सयका दरले जरिवाना गराउने भएको छ । “कृषि, पर्यटन, सामाजिक विकास र दिगो भौतिक पूर्वाधारको लहर, गोदावरीलाई समृद्ध बनाउने हाम्रो रहर” भन्ने मूल नाराका साथ नगरपालिका उपप्रमुख मुना अधिकारीले बुधबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जग्गा बाँझो राख्ने कार्यलाई निरुत्साहन गर्न प्रतिआनामा रु एकसय जरीवाना गराई सो सम्बन्धमा सूचना दिनेलाई २५ प्रतिशत पुरस्कार दिने घोषणा गर्नुभयो । 

यसैगरी गोदावरीले स्थानीय कुखुरा प्रवद्र्धन तथा रोजगारी सिर्जना गर्न प्रत्येक वडामा युवा रोजगारी कार्यक्रम, कम्तीमा पाँच रोपनीभन्दा माथि व्यावसायिक खेती गर्ने कृषक समूह तथा वैदेशिक रोजगारीबाट फर्केका स्थानीय नगरवासी र कृषि तथा पशु फार्मलाई मल तथा बीउमा ५० एवं कृषि तथा पशु फार्म पूर्वाधार निर्माणका लागि ७५ प्रतिशत अनुदान उपलब्ध गराउने भएको  छ । 

गोदावरीले “जमीनको आम्दानी जमीनमा नै लगानी”भन्ने मान्यतालाई आत्मसात् गर्दै मालपोत भूमिकरबाट प्राप्त आम्दानीलाई कृषि क्षेत्रमा लगानी, सहकारीमार्फत सम्भाव्यताको आधारमा “एक पालिका एक उत्पादन” ढाँचामा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धनमा पहल र यसका लागि माटो तथा हावापानीको परीक्षण अघि बढाउने भएको छ ।

गोदावरीले विद्यालय शिक्षा सुधारका लागि कक्षा १ मा २५ जनाभन्दा बढी विद्यार्थी भर्ना गराई अन्तिम परीक्षामा समेत सहभागी गराउने विद्यालयलाई रु २० हजारको दरले प्रोत्साहन अनुदानको व्यवस्था मिलाउनाका साथै प्रारम्भिक बाल विकास शिक्षकलाई प्रतिमहिना प्रतिशिक्षक रु एक हजारका दरले पारिश्रमिक दिने र मातृभाषामा प्राथमिक शिक्षा  दिने व्यवस्थाको पहल गर्ने भएको छ । 

सत्तरी वर्ष नाघेका  नागरिकलाई आगामी आर्थिक वर्षदेखि बज्रवाराही चापागाउँ अस्पतालबाट निःशुल्क स्वास्थ्य सुविधा प्रदान गर्ने तथा “आफ्नो शहर आफैँ सफा गरौँ” भन्ने मान्यताका साथ हरेक वडामा सञ्चालित सरसफाइ कार्यक्रमलाई पनि निरन्तरता दिनाका साथै चार स्थानमा व्यायामशाला निर्माण र योग शिविरलाई सबै वडामा विस्तार गरिने भएको छ । 

वडा नं १० भागावनमा हनुमानको मूर्तिसहित पर्यटकीयस्थल निर्माण, पुरातात्विक शैलीमा घर निर्माण गरिएमा रु एक लाख विशेष सहुलियत, नगरपालिकाभित्र हरियाली प्रवद्र्धन र वातावरण संरक्षणका लागि फोहरमैला व्यवस्थापन, सडक किनारामा बिरुवा रोपणका साथै एक घर एक बिरुवालाई निरन्तरता, युवा पुस्तालाई जडिबुटी खेतीमा संलग्न गराइने र नगरपालिकाका  हरेक वडामा एक सयका दरले बिरुवा उपलब्ध गराउने निर्णय गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने