2026-08-31 08:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

वृद्धग्राम बन्ने भो देवघाटमा

असार २२, चितवन | देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रको क्षमता बढाइने भएको छ । हाल  केन्द्रमा ३५ जना वृद्धवृद्धा रहेका छन् । अब सो सङ्ख्या तत्काल ५० पुर्याइने छ ।

समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार हाल केन्द्रमा २० वृद्धा र १५ वृद्ध रहेका छन् । उहाँले  अब मापदण्ड पूरा गरी आएका वृद्धवृद्धालाई राख्न सकिने जानकारी दिनुभयो । सन्तान र सन्तती नभएका, ६५ वर्ष नाघेक, मानशिक सन्तुलन ठिक भएका, सरुवा रोग नलागेका र सम्बन्धित स्थानीय तह एवं चिकित्सकले प्रमाणित गरेका वृद्धवृद्धालाई केन्द्रमा राखिन्छ ।

उहाँले हाल केन्द्रमा जाजरकोटदेखि सुनसरीसम्मका वृद्धवृद्धा रहेको, पछिल्ला वर्षमा दाताको राम्रो सहयोग पाएको तथा दूध र सागसब्जी बाहेक खाद्यान्न किन्नु नपरेको बताउनुभयो ।  वार्षिक रुपमा रु ३५ लाख हाराहारी खर्च हुने गरेकोमा झण्डै आधा दाताले धानेको समितिले जनाएको छ । विभिन्न व्यक्तिले विवाह उत्सव, जन्म, श्राद्ध, सङ्घसंस्थाको स्थापना दिन वृद्धवृद्धालाई खाना खुवाउने, लत्ताकपडा दिने, स्वास्थ्य परीक्षणमा सहयोग गर्ने गरेका छन् । केन्द्रमा ६ जना कर्मचारी कार्यरत रहेका छन् ।  केन्द्रलाई विस्तार गरी वृद्धग्राम बनाउन लागिएको छ । 

करिव १०० जना वृद्धवृद्धा बसेर विभिन्न गतिविधिमा समावेश हुन सक्ने गरी ग्राम बनाउन लागिएको छ । उहाँले भन्नुभयो “वृद्धवृद्धाहरुले यहाँ आनन्दको अनुभूति गर्न सक्ने गरी ग्राम बनाउँछौँ ।” यहाँ आउने वृद्धहरुलाई आफ्नो जीवन मिल्किएको नभएर सम्मानित हो भन्ने अनुभूति दिलाउने गरी ग्राम बनाउन लागिएको केन्द्रले जनाएको छ । 

आगामी वर्षको बजेटमा रु ८० लाख हाराहारी राखेर काम अघि बढाउने उहाँको भनाइ छ । सरकार र निजी विभिन्न सङ्घसंस्थासँग बजेट जुटाएर उत्कृष्ठ ग्राम बनाउन लागिएको केन्द्रका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनुभयो । देवघाट धार्मिक दृष्टिले निकै महत्वपूर्णस्थल भएकाले धेरैले आफ्नो जीवनको अन्तिम क्षण यहाँ बिताउन चाहने गरेको उहाँको भनाइ छ । देवघाटमा रहेका निजी र सामाजिक क्षेत्रबाट सञ्चालित वृद्धाश्रम, आश्रम, मठमन्दिर, कुटी लगायतमा वृद्धवृद्धा बस्ने गर्दछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार