दान बहादुर बुढा | असार २५, मुगु | जिल्ला प्रहरी कार्यलय मुगुको कार्यालय पुरानो भवन जिर्ण बन्दै गएपछि हिजोआज नयाँ भवन बन्दै गहिरहेको बेला पाल मुनिबाट कार्यालय सञ्चलन हुँदै आईरहेको छ ।

२०७६ साल भाद्र महिनाबाट पुरानो सानो कार्यालय भवन भत्काएर नयाँ भवन निमार्ण कार्य शुरु भए देखीनै जिल्ला प्रहरी कार्यालयबाट सन्चालन हुने सबै खालका कामहरु पाल मुनिबाट सन्चालन हुँदै आईरहेको छ । पालमुनि बसेर काम गर्न केही गारो छैन, कहिले काही हावा हुरी असिना आकासको पानीले गाह्रो पार्ने गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख भुवनेश्वर प्रसाद हाहले बताएका छन ।

साहका अनुसार केही समयको लागी कार्यालयको काम पालमुनिबाट गर्न गाह्रो भएपनि केही समयपछि कार्यालय प्रयोजन, हातहतियार भण्डारण, अधिकृत, हल्दार, जवानहरुको बस्ने, खाने, सुत्ने, महिला पुरुषको फरक-फरक कोठा रहने, र कार्यालयका बिभिन्न फाटहरु पनि फरक-फरक कार्य कक्षा रहने हिरासत समेत फरक रहने गरि अव बन्ने भवनको डिजाईन र स्टामेट रहेको छ । बन्दै गरेको भवन निमार्ण कार्यमा रात-दिन खटिरहेको उनले जानकारी गराएका छन ।

नेपाल सरकारको मापदण्ड अनुसार हाल जिल्लामा पुरुष प्रहरी र महिला प्रहरीको दरबन्दी अनुसारको नभएको हुदा कामकाज गर्न समेत निकै गाह्रो भएको छ र प्रहरी कार्यालय मातहतका जिल्ला भरी रहेका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी धेरै ठाउमा आफ्नै भवन नहुदा भाडामा लिएर कार्यालय संचालन गर्दा निकै समस्या हुदै आएको जिल्ला प्रहरी कार्यालय मुगुले बताएको छ ।

July 9, 2020
अर्थ/विकास, मुगु - MG
पाल मुनि प्रहरीको कार्यालय
By साझासवाल
4 मिनेट पढाइ