Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मुगुमा पहिलो बेलीब्रीज पुल बनेपछि स्थानियबासि खुसी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा | असार २६, मुगु | लामो समयदेखी खोला तर्दै आएका मुगु जिल्ला छायानाथ रारा नगरपालिका बासी र मुगमकामारोङ्ग गाँउपालिका स्थानिय बासीहरु छायानाथ रारा नगरपालिका ११ लुम्स बगरमा पहिलो पटक बेलिब्रिज पुल बन्दा निकै खुसी भएका छन् ।

बिगतका बर्षहरुमा यही लुम्स खोलाबाट दैनिक काम-काज गर्न खेतिपाति गर्न बालबालिका पठनपाठन गर्नको लागी र मुगमकामारोङ्ग गाँउपालिका जानको लागी यही खोला तर्नुपर्ने हुन्थ्यो, प्रत्यक बर्ष लुम्स खोला तर्दा २/३ जना स्थानीय बासीहरुले ज्यान गुमाउदै आएका थिए, अव भने छायानाथ रारा नगरपालिकाको १२ लुम्स खोलामा मुगमकामारोङ्ग गाँउपालिकाले पुल बनाईदिदा स्थानीय निकै खुसी भएका छन् ।

मुगु कर्णाली नदीको किनारमा रहेको लुम्सबस्ति पनि निकै जोखिममा रहेको बस्ती हो । अहिले पुल बन्दा निकै सहज भएको छ । पुल बन्दा नियमित रुपमा गमगढी बजारबाट गाडीहरु सन्चालनमा रहेका छन् । पुल बन्दा ब्यावसायमा पनि सहज आएको छ । मुगु र चिनको सिमाना रहेको नाक्च्यालाग्ना सिमाना जाने सडक पनि यहि भएको हुँदा मुगमकामारोङ्ग गाउपालिकाका ९ हजार भन्दा बढी जनसंख्या पनि यही सडक भएर आवत-जावत गर्ने भएको हुँदा हिजो-आज पुल बन्दा निकै खुसी भएको छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का भैरव रोकायाले बताएका छन ।

स्थानिय पुर्वधार बिकास साझेदारी कार्याक्रम र मुगमकामारोङ्ग गाँउपालिकाको एक करोड ३० लाख आर्थिक सहयोगमा निमार्ण भएको लुम्स बेलीब्रिज पुलको लम्बाई ३० मिटर रहेको छ । यो पुल बन्दा छायानाथ रारा नगरपालिका र मुगमकामारोङ्ग गाँउपालिकाका स्थानिय बासीहरु दैनिक ५ सयदेखी एक हजारसम्म दैनिक आवत-जावत गर्ने गरेको मुगमकामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज शाहीले बताएका छन ।