2026-09-08 10:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बिपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

साउन ६, सिन्धुली । बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पहिराका कारण अवरुद्ध भएका छन् । सिन्धुली सडकखण्डमा पर्ने दुवै राजमार्गमा लेदो र पहिरो खसेपछि राजमार्ग अवरुद्ध बनेको हो । बिपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिकामा पर्ने कमेरे फाँटमा सडकमा लेदो खस्दा राजमार्गमा दुवैतर्फीका सवारी साधन रोकिएका छन् । अवरुद्ध राजमार्ग पुनः सञ्चालन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक  श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

केही समयअघि उक्त स्थानमा खसेको लेदो पन्छाई एकतर्फी सवारीसाधन सञ्चालन गरिए पनि फेरि लेदो खसी राजमार्ग अवरुद्ध भएको उहाँले जानकारी दिनुभयो । उक्त स्थानमा डोजर लगाई लेदो पन्छाउने काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

यस्तै मध्यहाडी(पुष्पलाल) राजमार्गअन्तर्गत बादुरे र  सोखु खोलामा ठूलो बाढी आएपछि सवारी आवागमन रोकिएका छन् । उक्त स्थानमा पप्पुु कन्स्ट्रक्सनले पुल समयमा नै नबनाउँदा खोलामा आएको बाढीका कारण साधन रोकिनुपरेको हो । यस्तै मध्यपहाडी लोकमार्गको सिन्धुली सडकखण्डअन्तर्गत गोलञ्जोर गाउँपालिकाका बलेनी र  कुखुरेटारमा सडकमा खसेको पहिरो पन्छाउने काम सकिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उक्त राजमार्गअन्तर्गत गोलञ्जोर–१ च्याकुटारबेँसीमा सडकमा खसेको पहिरो पन्छाउन डोजर पठाइएको उहाँले जानकारी दिनुभयो । 

उक्त स्थानमा पहिरो जाँदा एक घर जोखिममा परेको भनी जानकारी आए पनि घर जोखिममा नपरेको उहाँले जानकारी दिनुभयो । सडकमा पहिरो खसेपछि त्यस उताको सवारी साधन आवागमन रोकिएको र डोजरले पहिरो पन्छाउने उहाँको भनाइ रहेको छ । सिन्धुलीमा मनसुनको सक्रियतासँगै केही दिनदेखिको निरन्तर वर्षाका कारण खोलामा पानीको बहाव बढेको र सम्भावित बाढीपहिराबाट बच्न र बचाउन प्रशासनले आग्रह गर्दै आएको उहाँको भनाइ छ । जिल्लामा केही दिनदेखि निरन्तर वर्षा भएको र हालसम्म जनधनको क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित