2026-08-31 07:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हिउँदमा पानी छाड्ने गरी तयारीमा नारायणी लिफ्ट

साउन ८, चितवन । भरतपुर महानगर क्षेत्रको सिँचाइमा महत्वपूर्ण योगदान पुर्याएको नारायणी लिफ्टमा नयाँ उपकरण जडान गरी वर्षैभर पानी छाड्ने तयारी गरिएको छ । हाल सो लिफ्टले धानखेतीका लागि बर्सातमा मात्र पानी छोड्ने गर्दछ । 

लिफ्ट हेर्दै आएको नारायणी लिफ्ट खगेरी सिँचाइ व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई खेमबहादुर पाठकका अनुसार लिफ्टका दुईवटा पम्पमध्ये एउटा पम्प नयाँ जडान गरिँदैछ । यसका लागि बोलपत्र आह्वानसमेत भइसकेको उहाँले जानकारी दिनुभयो । करिब रु ३५ करोडको लागतमा नयाँ पम्प जडान गर्न लागिएको हो । आजसम्म बोलपत्रको समय भएकामा लकडाउनका कारण साउन २३ गतेसम्मलाई सारिएको छ ।

वाग्मती प्रदेश सरकारले पम्प जडानका लागि रु १९ करोड विनियोजन गरिसकेको छ । अपुग रकम प्रदेश र अन्य निकायबाट प्राप्त हुनेछ । नयाँ पम्प जडानसँगै विद्युत् खपत कम हुने, मर्मतसम्भार खर्च घट्ने र चलाउन सहज हुने पाठक बताउनुहुन्छ । हाल सञ्चालनमा आएको पम्प ११ केभिए भोल्टबाट चल्छ भने अब नयाँ पम्प छ दशमलव छ केभिएबाट चल्ने उहाँले जानकारी दिनुभयो । लिफ्टमा भइरहेका दुई पम्प सञ्चालन गर्दा तीन महिनामा रु एक करोड ५० लाख बराबरको विद्युत् खपत हुँदै आएको छ । नयाँ पम्प आएसँगै विद्युत् खपत निकै कम हुने पाठकको भनाइ छ । पुराना पम्प भएकाले अहिले वर्षमा रु दुई करोड हाराहारी पम्प मात्र मर्मतमा खर्च हुँदै आएको छ । 

हाल भएका पुराना दुई पम्पको मोटरमाथि छन् भने अबको नयाँ पम्प समर्सियल (पानीमुनि राखिने) किसिमको अत्याधुनिक हुनेछ । नारायणी लिफ्ट सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाट लिफ्टले भरतपुर महानगरपालिकाको वडा नं ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका तीन हजार ५०० हेक्टर प्रत्यक्षरूपमा सिञ्चित गर्दै आएको बताउनुहुन्छ । विसं २०४० मा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिँचाइमा मिसाएर पश्चिम चितवनका अन्य वडामा पनि सिँचाइ गरिँदै आएको छ ।

भरतपुर महानगरपालिका–१ नारायणगढमा दुईवटा पम्प राखेर त्यसै पम्पले नारायणीको पानीमाथि तानेर भरतपु्र महानगर क्षेत्रमा कुलोबाट पानी पठाएर सिञ्चित गरिँदै आएको छ । हाल असार अन्तिम साताबाट कात्तिक पहिलो सातासम्म धान रोपाइँ र धानलाई सिञ्चित गरिँदै आएको छ । अध्यक्ष रानाभाटले भन्नुभयो, “अब हामी वर्षैभरि पानी दिन सक्ने गरी पम्पको स्तरोन्नति गर्दैछाँै ।” उहाँका अनुसार हिउँदमा यस क्षेत्रमा तरकारी, लहरेबाली, मकै लगाउन पानी सहयोगी हुनेछ । रानाभाटका अनुसार भरतपुर महानगर प्रमुख रेनु दाहाल लिफ्ट हिउँदमा पनि सञ्चालन गर्ने गरी स्तरोन्नति गर्न सकारात्मक हुनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरप्रमुख सकारात्मक हुनुहुन्छ, स्थलगत अध्ययन गरी उहाँले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आउनुभएको छ ।”

दाहाल प्रमुख भएदेखि नै कृषि क्षेत्रको विकासका लागि लागिपरेको बताउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, “लिफ्टको स्तरोन्नतिका लागि मैले गर्नुपर्ने काम गर्न तयार छु ।” उहाँले पम्प फेरेर हिउँदमा समेत महानगर क्षेत्रमा सिँचाइ गर्नुपर्ने बताउनुभयो । यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आफूले आवश्यक पहल गर्दै आएको उहाँको भनाइ छ ।

महानगर क्षेत्र उर्वर रहेको भन्दै यसलाई सिञ्चित गर्दैगर्दा नगरवासीको जीवनस्तर उकास्न मद्दत पुग्ने उहाँले बताउनुभयो । पानीको नहर अतिक्रमण हुनबाट रोक्न महानगर सधँ सहयोगी हुने उहाँको भनाइ छ । लिफ्टका केही नहरहरु मिचिएका छन् । कतिपयमा सडक बनाएर कालोपत्रसमेत गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार