2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन

साउन ८, गोरखा । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध भएको गोरखा–आँबुखैरेनी सडकखण्ड पुनःसञ्चालन भएको छ । सानाठूला २५ भन्दा बढी स्थानमा गएको पहिरो गएराति अबेरसम्म हटाउने काम सकिएपछि आज बिहानैदेखि सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिनुभयो ।

सडकमा खसेका पहिरो बुधबार दिनभर मेसिन लगाएर हटाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “साना–ठूला गरेर २०/२५ पहिरो सडकमा खसेका थिए, खैरेनीतर्फबाट एक्साभेटर र गोरखातर्फबाट डोजरको सहायताले दिनभर लगाएर सडक पन्छाइएको हो । अन्य ठाउँको पहिरो सबै क्लियर भयो, एघारकिलोको हकमा अस्थायीरूपमा ह्युमपाइप राखेर भएपनि सडक सञ्चालन गरिएको छ । उक्त सडकखण्डको सातकिलो र आठकिलो भन्ने स्थानमा दुई ठूला पहिरो खसेका थिए । जसले गर्दा जिल्ला प्रवेश गर्ने मुख्य सडकमार्ग नै दुई दिनदेखि अवरुद्ध थियो ।

त्यस्तै वडा नं ११ को एघारकिलो क्षेत्रमा पनि सडक माथिबाट आएको बाढीले कल्भर्टबाट निकास नपाएपछि पक्की सडक नै बगाएको थियो भने स्यालीबजारको मुखैमा चार मिटर पक्की सडक वर्षाका कारण भासिएको थियो । प्रमुख ढकालले भन्नुभयो, “ती स्थानमा भने अस्थायीरूपमा मात्र तत्कालका लागि सवारी पास हुने बाटो बनाएर यातायात खुलाइएको छ ।”

जिल्ला प्रवेश गर्ने मुख्य सडक नै अवरुद्ध भएपछि एम्बुलेन्स सञ्चालन हुन नसक्दा पछिल्ला दुई दिनमा तीन बिरामीको हेलिकोप्टर चार्टर्ड गरेर उपचारका लागि लैजानुपरेको थियो । सडक सञ्चालन भएपछि बिहानैदेखि सबै प्रकारका सवारी साधन गोरखाबाट बाहिरिने र भित्रने क्रम शुरु भएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल