२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तीन पटक म्याद थप्दा ५२ प्रतिशत काम

२०७७, १६ श्रावण शुक्रबार ०७:१३

साउन १६, टिस्टुङ । मकवानपुरको चन्द्रागिरिदेखि काठमाडौँको थानकोटस्थित पानीघाटसम्म जोड्ने सडक स्तरीकरणको लागि तीन पटकसम्म म्याद थप्दा अहिलेसम्म ५२ प्रतिशत मात्र काम भएको छ । सडक निर्माणको काम पूरा नहुँदा स्थानीय बासिन्दाले निकै सास्ती खेप्न बाध्य भइरहेका छन् । 

थाहा नगरपालिकाको चनवनदेखि चन्द्रागिरि नगरपालिकाको पानीघाटसम्म जोड्ने गणेशमान सिंह मार्गअन्तर्गत २२.५ किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन–डिपिआरअनुसार २०७३ सालमै दुईवटा  ठेक्का भएको थियो । तीमध्ये मकवानपुरतर्फको १४.२ किलोमिटर सडकको ठेक्का सम्झौताअनुसार ससाना कामबाहेक पिचको काम मात्र बाँकी रहेको भए पनि काठमाडौँतर्फको ८.३ किलोमिटर खण्डको काम अघि बढ्न नसक्दा स्थानीय जनताले सास्ती खेप्न बाध्य भइरहेका हुन् । 

चन्द्रागिरिदेखि पानीघाटसम्मको सडक स्तरोन्नतिको लागि २०७३ साउन १७ गते पिएस किराँतेश्वर जेभीसँग सम्झौता गरी काम अघि बढाइएको थियो । शुरुमा १५ महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएकोमा सम्झौताको चार वर्ष पूरा हुँदा पनि सम्पन्न हुन सकेको छैन । “अहिलेसम्म तीन पटक म्याद थपिसकेका छौँ, पछिल्ला सम्झौता गएको वैशाख १५ गते सकिएको छ, अहिलेसम्म ५२ प्रतिशत काम भएको छ”, सडक विभागअन्तर्गतको चित्लाङ थानकोट सडक आयोजनाका प्रमुख वीरेन्द्र गौतमले भन्नुभयो । 

नेपाल सरकारको असार अन्तिम साता बसेको मुख्य सचिवस्तरीय बैठकले कोभिड–१९ का कारण काम गर्न समस्या भएकाले निर्माण सम्पन्न हुन नसकेका ठेक्कामा छ महिना म्याद थप्ने निर्णय गरेको छ । चन्द्रागिरि–थानकोट सडकका सरोकारवाला भने पुनः म्याद थपिए पनि काम सम्पन्न हुनेमा विश्वस्त हुन सकिरहेका छैनन् । मकवानपुरका प्रदेश सांसद कुमारी मोक्तानले भन्नुभयो, “यही सम्झौताबाट काम होलाजस्तो लाग्दैन । बरु केही समय ढिलै भए पनि यो ठेक्का सम्झौता भङ्ग गरी अर्को ठेक्काको प्रक्रियामा जानुपर्छ ।”

सडक चौडा गर्ने, काट्ने, ठाउँठाउँमा पर्खाल निर्माण गर्नेलगायत काम गर्ने गरी भएको सम्झौताबमोजिम काम शुरु गरेको पिएस किराँतेश्वर जेभीले भने आयोजना कार्यालय, स्थानीय बासिन्दा र सरोकारवालाले सहयोग नगरेको कारण निर्माण कार्यले गति लिन नसकेको गुनासो गरेको छ । उक्त कम्पनीका प्रतिनिधि सनकसिं राईले भन्नुभयो, “सडक खन्दा निस्किएको ढुङ्गा–माटो थुपार्ने ठाउँ छैन । ढुङ्गा बेच्न पनि पाइएको छैन ।”

सडक चौडा पार्ने क्रममा निस्किएको ढुङ्गा बिक्री गर्न वन कार्यालयले छुट्टै बोलपत्र आह्वान गरेको थियो । यसको ठेक्कासमेत पाएको पिएस किँरातेश्वरले ढुङ्गाकै व्यवस्थापन गर्न नसक्दा सडकको काम गर्न नसकेको बताएको छ । वन कार्यालयले बोलपत्र गरेको ढुङ्गा उठाउने कार्य सडक आयोजनाको सरोकारको विषय नभएको भन्दै सडक आयोजना कार्यालय ठेकेदारको गुनासो सुन्ने पक्षमा देखिँदैन । चन्द्रागिरि नगरपालिकाले भने ढुङ्गा सङ्कलनस्थलकै अभावका कारण सडकको काम रोकिएको हो भने त्यसमा सहयाग गर्न तयार रहेको जनाएको छ । नगरपालिकाकी उपप्रमुख लिसा नकर्मीले सडक खन्दा निस्किएको ढुङ्गा सङ्कलन गर्ने ठाउँ तुरुन्तै उपलब्ध गराइने बतानुभयो । चन्द्रागिरि नगरपालिका–४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले भन्नुभयो, “बहाना गरेर सडकको काम रोक्न पाइँदैन, खबर पाएको एक घण्टाभित्र ढुङ्गा थुपार्ने ठाउँ देखाइदिन्छौँ ।”

यसैबीच वाग्मती प्रदेशका भौतिक पूर्र्वाधार विकासमन्त्री रामेश्वर फँुयालले सबै पक्षको साझा सहमति बनाएर नतिजामुखी काम गर्न सरोकारवालालाई आग्रह गर्नुभयो । “यो सडक सङ्घ मातहत रहेको भए पनि जनताको हितका निम्ति हामी सहजीकरण गर्न तयार छौँ”, उहाँले भन्नुभयो ।

विसं २०१८ सालदेखि २०२३ सालसम्म पाँच वर्ष लगातार श्रमदान गरेर चित्लाङका बासिन्दाले मोटर गुड्नेसम्म बनाएको चित्लाङ चन्द्रागिरि सडक २०७१ सालमा विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्तरीकरण शुरु गरिएको थियो । डिपिआरमा रु एक अर्ब १३ करोड ३६ लाख बजेट अनुमान गरिएकोमा हालसम्म यो सडकमा रु ४५ करोड खर्च भएको सडक आयोजना कार्यालयका इञ्जिनीयर दीपक याकामीले जानकारी दिनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह