2026-10-23 06:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक अझै अवरुद्ध

साउन २९, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकामा पर्ने रातोमाटे–बतासे–काभ्रे हुँदै जाने सडक खण्ड अझै अवरुद्ध भइरहेको छ ।  यही साउन ५ र ६ गते आएको अविरल वर्षातका कारण यहाँ ठूलो पहिरो खसेर सडक अवरुद्ध भइरहेको हो । 

सो सडकखण्ड विस्तार, मर्मत र पर्खाल लगाउने जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नसक्दा २५ दिनअघिदेखि ठूलो पहिराका कारण गाउँवासीले विभिन्न समस्या भोग्न बाध्य भइरहेको गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ करीब ३०० मिटर लम्बाइ र ५०० देखि ६०० मिटर उचाइबाट पहिराको डल्लो नै खसेर गाउँवासीलाई आवतजावतमा समेत जोखिम भइरहेको छ ।” सो सडकखण्ड निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै पहिरो हटाएर करीब ५० वटा जाली भरिदिएर पर्खाल लगाइदिएमा तत्कालै समस्या समाधान हुने दाहालले जानकारी गराउनुभयो । 

यस्तै महाङ्कालमा बिजुली आउने र जानेक्रम भइरहने हुँदा वडा नं १ उन्यूचौरमा सबस्टेशन बनाई दक्षिण ललितपुरका तीन वटै गाउँपालिकामा वितरण गर्न सकिने दाहालको भनाइ छ । यहाँका गाउँपालिकामा नेटको खासै सुविधा नभएकाले विद्यालयस्तरका बालबालिकाका लागि वैकल्पिक शिक्षाको पहुँच पनि पु¥याउन नसकेकामा दाहालले दुःख व्यक्त गर्नुभयो ।

वडा नं ३ गोटिखेलका २१ घर अझै पनि पहिराको जोखिममा रहेको वडाध्यक्ष गङ्गाराम तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “यी २१ घरका परिवार पानी पर्दा अन्यत्र बास बस्न जाने र घाम लाग्दा आफ्नै घरमा बस्ने गरिरहेका छन् । गोटिखेलका तीनदेखि चार ठाउँका सहायक बाटो अवरुद्ध हुँदा टाढाटाढासम्म दूध र तरकारी बोकेर टाढासम्म लानुपर्ने बाध्यता अझैसम्म छ ।” गोटिखेल क्षेत्रमा बिहानबेलुका दुई समय दूध भर्ने चलन रहँदा गाडी घुमाएर दुध लिन जाँदा र ल्याउँदा पनि बाटामै जम्ने गरेको तिमिल्सिनाले बताउनुभयो । 

कोञ्ज्योसोम गाउँपालिकामा भने हाल पहिराले खासै समस्या पारेको छैन । गाउँपालिका विपत् व्यवस्थापन समितिले फेरि पानी परेर पहिरो जाने कुरालाई ध्यानमा राखी पहिरो हटाउन दुई स्काभेटर तयारी अवस्थामा राखेको उपाध्यक्ष मिङ्मा लामाले बताउनुभयो  । उहाँले भन्नुभयो, “वडा नं २ शङ्खु र ३ नं दलचोकी अन्य वडाभन्दा केही जोखिममा रहेकाले यहाँ प्राविधिक टोली पठाउने व्यवस्थासमेत गरिरहेका छाँै ।” 

वाग्मती गाउँपालिकामा भने हाललाई  खासै समस्या नरहेको वडाध्यक्ष वीरबहादुर लोप्चनले बताउनुभयो । मुलकभर असारदेखि आइरहेको अविरल वर्षात्का कारण ललितपुर जिल्लामा भने यस वर्ष आजसम्म कुनै मानवीय क्षति भएको छैन । ललितपुरका छ  पालिकामध्ये यी तीन गाउँपालिका निकै दुर्गम क्षेत्रमा छन् । भौगोगिक विकटताका कारण ती गाउँपालिकाका एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्छ । एक वडाबाट अन्य वडामा जान घण्टौँ हिँड्नुपर्ने समस्या अन्त्य गराउन यहाँका सबै गाउँपालिकाले गाउँगाउँ सडक पु¥याउने उद्देश्यका साथ लगाएको डोजरका कारण  पहिराको जोखिम भइरहेको स्थानीय जनताको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने