२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिटिहलको निर्माण असोजबाट

२०७७, १७ भाद्र बुधबार ०४:४६

भदौ १७, चितवन । भरतपुर महानगरपालिकाको महत्वपूर्ण परियोजना सिटिहलको निर्माण आउँदो महिनाबाट थालिने भएको छ । भरतपुर महानगरपालिका–१० मा अत्याधुनिक सिटिहलको निर्माण गर्न लागिएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । 

सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भइसकेको छ । बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए । तीमध्ये छनौटमा परेका पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मुल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा सोमबार पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । विभागबाट अन्तिम स्वीकृत भएलगत्तै कामका लागि छनोट भएका ठेकेदार कम्पनीलाई एक साताको सूचना जारी गरेर दावी विरोध नभएमा १५ दिनभित्र बोलाएर काम शुरुआत गर्न लगाइने उहाँको भनाइ छ । यी सबै प्रक्रिया सम्पन्न गरी असोजबाट निर्माण शुरु गर्न सकिने भएको छ ।

सम्झौता मितिको २७ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने हुन्छ । बोलपत्र रकम मूल्य अभिवृद्धि करबाहेक रु एक अर्ब छ करोडको रहेको छ । आर्थिक प्रस्ताव विभागबाट अनुमोदन भइनसकेकाले के कतिमा बोलपत्र सदर हुन्छ भन्ने बारेमा आयोजनाले नजनाए पनि लागत अनुमानभन्दा कममा बोलपत्र प्रस्ताव गरिएको जनाइएको छ । विभागका महानिर्देशक मणिराम गेलालले आर्थिक प्रस्ताव आफूले तोक लगाएर अघि बढाइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज या भोलि चितवन पुग्छ ।” यस लगत्तै सामग्री पाएमा काम अघि बढ्ने उहाँको भनाइ छ ।

भरतपुर महानगरको गौरवको रूपमा सभाहललाई लिइएको छ । चार बिघा जमिनमा निर्माण गर्न लागिएको सभाहलमा मुख्य अडिटोरियम ब्लकमा दुई हजार जना अट्ने सुविधासम्पन्न सभाहल हुनेछ । सँगै ३०० क्षमताको कन्फरेन्स हल रहने छ भने विशिष्ट व्यक्तिका लागि छुट्टै कक्ष हुने अर्यालले जानकारी दिनुभयो । चारवटा भर्याङ्ग, प्रवेशद्वार, आकर्षक स्टेज, रिहर्सल कक्ष रहने छन् । मुख्य ब्लक सात हजार वर्गमिटरमा फैलिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “मुख्य ब्लक मात्र एक बिघा क्षेत्रफलमा फैलिएको छ ।” सिटिहल परिसरमा दुई पाङ्ग्रे ३१७ वटा र चार पाङ्ग्रे ६७ वटा गाडी अट्ने क्षमता रहने छ । त्यस्तै विशिष्ट व्यक्तिहरुका सात वटा सवारी अट्ने छुट्टै पार्किङ हुने अर्यालले जानकारी दिनुभयो । हाल नेपालमा यति क्षमताको संञ्चालनमा रहेको सभाकक्ष छैन । अर्यालले भन्नुभयो, “नेपाली शैलीमा बन्ने भए पनि उच्चस्तरीय सामग्रीहरु प्रयोग गरी अत्याधुनिक बनाइने छ ।”

भरतपुर महानगर प्रमुख रेनु दाहाल निर्वाचित भएदेखि नै सभाहलका लागि जुट्नु भएको हो । दाहालले भन्नुभयो, “पहिले त जग्गा पाउनै मुस्किल भयो, जग्गा पाएपछि सम्पूर्ण प्रक्रिया पूरा गर्न समय लाग्यो ।” दाहालले भदौ अन्तिम साताबाट काम थाल्ने तयारी गरेको भए पनि आसोज लाग्न सक्ने बताउनुभयो । उहाँले थप्नुभयो, “यो महानगरको सान हुने छ ।” यसले स्वदेश र विदेशमा चिनाउने उहाँको विश्वास छ । अत्याधुनिक र सुविधासम्पन्न हुने भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सहज हुने दाहालको भनाइ छ । 

जिल्लामा ठूलो सिटिहल निर्माणका लागि यहीँबाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको निरन्तर प्रयास सफल भएको उहाँले बताउनुभयो । जिल्लाको विकासमा सिटिहल कोसेढुङ्गा हुने विश्वास लिइएको छ । ठूला कार्यक्रम गर्ने ठाउँको अभावमा देशकै केन्द्रविन्दु भएर पनि यहाँ हुन सकेका थिएनन् । दाहालले भन्नुभयो  “ठूला दलका सभा सम्मेलनदेखि महाधिवेशनसम्म गर्न सकिने छ ।”

महानगर प्रमुख दाहालले शुरुमा गरिएको नक्साङ्गकनमा अरु धेरै संरचना भए पनि पछि केही घटाइएको बताउनुभयो । शुरुमा रु दुई अर्ब लाग्ने गरी नक्साङ्गकन गरिएको थियो । संरचना क्रमशः थप्दै लगिने उहाँले जानकारी दिनुभयो । जिल्लाबासीको सकारात्मक सहयोगले गर्दा पनि यो महत्वपूर्ण परियोजना शुरु गर्न सकिएको दाहालको ठम्याइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित